तीन अर्ब रुपैयाँ पुनर्कर्जाका लागि एनएमबि बैंकको आइएफसीसँग साझेदारी, दुई वर्षमा दोस्रो पटक ऋण

बिजमाण्डू
२०७७ असार १७ गते २०:२१ | Jul 1, 2020
तीन अर्ब रुपैयाँ पुनर्कर्जाका लागि एनएमबि बैंकको आइएफसीसँग साझेदारी, दुई वर्षमा दोस्रो पटक ऋण

Tata
GBIME
Nepal Life

काठमाडौं। एनएमबि बैंकले विश्व बैंक अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) सँग पुनर्कर्जाका लागि साझेदारी गरेको छ। 

आइएफसीबाट एनएमबि बैंकले २५ करोड डलर अर्थात करिब तीन अर्ब रुपैयाँ पुनर्कर्जाका लागि साझेदारी गरेको हो।

एनएमबि दुई वर्षको अवधिमा आइएफसीबाट लगातार दुई पटक कर्जा प्राप्त गर्ने नेपालको एक मात्र बैंक भएको छ। यो वैदेशिक लगानी हालको परिदृश्यमा वाणिज्य बैंकलाई प्रदान गरिएको पहिलो अन्तर्राष्ट्रिय लगानी हुने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

समझदारीमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र आइएफसीका कामु आवासीय प्रतिनिधि सन्तोष पाण्डेले हस्ताक्षर गरेका छन्। 

पुनर्कर्जा समझदारीले कोभिड १९ को कारणले आइपरेको कठिनाइहरुको बीचमा साना तथा मझौला उद्यमी वर्गका लागि आवश्यक कर्जाको आपूर्ति गर्नुका साथै र नयाँ उद्यमीलाई पनि प्रोत्साहित गर्ने जनाइएको छ। 

बैंकले आइएफसीको पैसा प्राथमिकताका क्षेत्रहरु विशेष गरी साना तथा मझौला कर्जा र हरित परियोजनाहरुको सशक्तिकरणमा सघाउ पुर्‍याउन सदुपयोग गर्ने जनाएको छ।