६% को उछालपछि डेढ घण्टामै बन्द भयो सेयर बजार, आर्थिक गतिविधि खुम्चिँदा ७५ अंकको उछाल

बिजमाण्डू
२०७७ असार १७ गते १२:३८ | Jul 1, 2020
६% को उछालपछि डेढ घण्टामै बन्द भयो सेयर बजार, आर्थिक गतिविधि खुम्चिँदा ७५ अंकको उछाल



काठमाडौं। ६ प्रतिशतले सूचक उक्लिएपछि सेयर बजार कारोबार बुधबारका लागि बन्द भएको छ। तीन बजेसम्म चल्ने बजार साढे १२ बजेअघि नै बन्द भएको हो।

Tata
GBIME
Nepal Life

सोमबारदेखि नियमित कारोबार हुन थालेको बजार पहिलो दिन १३ अंक हाराहारीले घटेर बन्द भएको थियो। मंगलबार बजार ७२ अंकल बढेर निर्धारित समयअघि नै बन्द गरिएको थियो।

बुधबार पनि बजार निर्धारित समय अगाडि नै बन्द भएको हो। बजार सूचक ७५ अंकले बढेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक १३३६ अंकमा उक्लिएर बन्द भएको हो। 

बजार खुलेदेखि केही कम्पनीको सेयर निरन्तर बढिरहेको छ। ती कम्पनीको बलमै सूचक माथि गएको हो। सिटिजन्स बैंक इन्टरनेशनलको सेयरमा आज १० प्रतिशतको बृद्धिपछि सर्किट लागेको छ।

साना किसान विकास बैंक, नागरिक लगानी कोष, नेशनल लाइफ इन्स्योरेन्स, आरएमडीसी, बुटवल पावर कम्पनी, गुरास लाइफ, शिखर इन्स्योरेन्स, मेरो माइक्रोफाइनान्स र सिद्धार्थ बैंकको सेयर मूल्य १० प्रतिशत हाराहारीले बढेको छ। ६ वटा कम्पनीको सेयर मूल्य घटेको छ। 

होटलबाहेक सबै उपसूचक हरियो भएका छन्। बाणिज्य बैंक सूचक ८२ अंक माथि गएको छ। सर्वाधिक जीवन बीमा सूचक ५४८ अंकले बढेको छ।