इसेवा र दराज बीच सम्झौता, दराजमा सामान किन्दा इसेवाबाट सहजै भुक्तानी गर्न मिल्ने


काठमाडौं। अनलाइन भुक्तानी सेवा प्रदायक इसेवा र दराज अनलाइनबीच सहकार्य सम्झौता भएको छ।

सहकार्यको सम्झौतापछि दराज एपमा खरिद गरेको कुनै पनि चीजको लागि इसेवामार्फत भुक्तानी गर्न सकिने भएको कम्पनीले जनाएको छ।
नयाँ भुक्तानी प्रक्रियाले दराजमा किनमेल गर्न अझै सरल, सहज र भरपर्दो बनाउने जारी विज्ञप्तिमा उल्लेख छ।  

Sipradee
Sanima Bank
Riddisiddi Cement

यसले चेक आउट प्रक्रियाको समय घटाउनुकासाथै  डिजिटल सुरक्षा अझै बलियो बनाउने विश्वास कम्पनीले ब्यक्त गरेको छ।
यस अनुसार दराजमा इसेवा वालेट प्रयोग गर्न, ग्राहकहरूले पहिले आफ्नो इसेवा खातालाई दराज एपसँग लिंक गर्नुपर्ने छ। लिंक भइसकेपछि ग्राहकहरूले ओटिपीमार्फत किनमेल गर्न सक्ने कम्पनीले जनाएको छ।

इसेवा वालेटमार्फत पेमेन्ट गरे पैसा फिर्ता लिनुपर्ने स्थितिमा फिर्ता लिने प्रक्रिया पनि छिटो हुने विज्ञप्तिमा उल्लेख छ।

'इसेवा नेपालको एकदमै लोकप्रिय डिजिटल वालेट हो र दराज एपमा इसेवा वालेट को स्थापना गरेर हाम्रो प्रयोगकर्ताहरुको लागि अझै धेरै भुक्तानी सुविधा प्रदान गर्न सकेकोमा हामी निकै उत्साहित छौं।  हामी दुई कम्पनी बीचको सहकार्यले हाम्रा ग्राहकहरूको लागि अझै सहज शपिंग अनुभवमा दिन सक्ने कुरामा विश्वस्त छौं,' दराज नेपालका प्रबन्ध निर्देशक लिनो अहलरिंगले भने।

अनलाइन बजार दराजमा चार हजारभन्दा बढी विक्रेताहरूले किरानादेखि इलेक्ट्रोनिक्स हरेक किसिमका सामानहरू बेच्छन्।

दराजले विराटनगर, पोखरा, चितवन जस्ता सबै प्रमुख क्षेत्रहरूसहित नेपालका २४ भन्दा बढी शहरहरूमा वितरण गर्ने कम्पनीले जनाएको छ।

 


Share this Story

   

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.
Ncell