सिटिजन्स बैंकको ९५ औं शाखा मोरङको सलकपुरमा, सुरक्षित रुपमा कारोबार संचालन गर्दै

बिजमाण्डू
२०७७ असार १६ गते १६:३६ | Jun 30, 2020

Tata
GBIME
Nepal Life

काठमाडौं। सिटिजन्स बैंकले मोरङको सलकपुरमा नयाँ शाखा संचालनमा ल्याएको छ। कोभिड–१९ का कारण पर्न सक्ने सम्भावित असर एवं लकडाउनलाई मध्यनजर गर्दै सम्पूर्ण सुरक्षात्मकउपायहरू  अपनाएर बैंकले  नयाँ शाखा संचालनमा ल्याएको जनाएको हो। बैंकले पूजापाठ गरी सलकपुर शाखा संचालनमा ल्याएको  बताएको छ।

यसशाखामार्फत सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदानगर्नुका साथै साना तथा लघु व्यवसायीहरुमाझ वित्तीयपहुँच पुर्याउने लक्ष्य बैंकले राखेको छ।

सुविधाजनक बचत खातायोजना, मुद्दती निक्षेप योजना, ए.टि.एम.सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायीकर्जा, लगायतकावित्तीय सेवाहरु दिने बैंकले जारी गरेको बिज्ञप्तीमा प्रतिबद्धता जनाएको छ।

बैंकका अनुसार कोरोना भाइरसको रोकथामकालागि सरकारले घोषणा गरेको ‘कोरोना संक्रमण रोकथामतथा नियन्त्रण कोष’मा  बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत प्रत्येक प्रदेश सरकार अन्तर्गतको कोषमा ७ लाख रुपैयाँका दरले ४९ लाख रुपैयाँ दिएको छ।

यसैगरी विभिन्न स्थानिय निकायमा खडा गरिएको कोषमा करिव ६ लाख रुपैयाँ तथा विभिन्न संघ संस्थालाई ६ लाख रुपैयाँ गरी हालसम्म ६१लाख रुपैयाँ सहयोग गरेको पनि बिज्ञप्तीमा उल्लेख छ।