लकडाउनयता वाणिज्य बैंकहरुको ऋण ३६ अर्ब रुपैयाँले घट्यो, निक्षेपमा ११३ अर्ब रुपैयाँले सुधार

बिजमाण्डू
२०७७ असार १६ गते ११:४३ | Jun 30, 2020
लकडाउनयता वाणिज्य बैंकहरुको ऋण ३६ अर्ब रुपैयाँले घट्यो, निक्षेपमा ११३ अर्ब रुपैयाँले सुधार



काठमाडौं। निरन्तरको लकडाउनले उद्योगधन्दा र उपभोग क्षेत्रबाट ऋणको माग घटेर वित्तीय क्षेत्रको बेहाल भएको छ। लकडाउन सुरु भएयता बैंकहरुको ऋण लगानी निरन्तर घटिरहेको छ।

Tata
GBIME
Nepal Life

नेपाल राष्ट्र बैंकका अनुसार, पछिल्लो एक सातामा बैंकको ऋण २ अर्बले घटेको छ। तर निक्षेप भने ८ अर्बले बढेको छ। लकडाउनअघि बैंकको निक्षेप बिस्तार सुस्त हुन्थ्यो भने ऋण बिस्तार उच्च।

लकडाउनयता मात्र बैंकको ऋण ३६ अर्बले घटिसकेको छ। निक्षेप भने ११३ अर्ब रुपैयाँले बढेको छ। चालु आर्थिक वर्षको असार १२ गतेसम्म २७ बैंकको निक्षेप ४२४ अर्बले बढेको छ। ऋण भने ३११ अर्बले बढेको छ।

अहिले वाणिज्य बैंकहरुसँग कुल ३३ खर्ब २ अर्ब निक्षेप छ भने ऋण २८ खर्ब ९ अर्बमा झरिसकेको छ। लकडाउनअघि बैंकको ऋण २८ खर्ब ४५ अर्ब रुपैयाँसम्म पुगेको थियो।