एभरेष्ट इन्स्योरेन्सले मर्जरका लागि पहल थाल्यो, साधारणसभामा विशेष प्रस्ताव लैजाँदै

बिजमाण्डू
२०७७ असार १६ गते १०:१३ | Jun 30, 2020
एभरेष्ट इन्स्योरेन्सले मर्जरका लागि पहल थाल्यो, साधारणसभामा विशेष प्रस्ताव लैजाँदै



काठमाडौं। एभरेष्ट इन्स्योरेन्स कम्पनीले मर्जर प्रस्ताव अनुमोदनका लागि साधारणसभा डाकेको छ। कम्पनीको सोमबार बसेको सञ्चालक समितिले साउन ६ गते साधारणसभा डाकेको हो।

Tata
GBIME
Nepal Life

साधारणसभामा आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन पारित गर्नेछ भने निर्जीवन बीमा ब्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने, गाभिने वा प्राप्ति गर्ने सम्पूर्ण अधिकार सञ्चालक समितिलाई दिने प्रस्ताव पनि अनुमोदन गर्नेछ। 

नियामक बीमा समितिले मर्जर नीति लिएपछि जीवन/निर्जीवन दुवै कम्पनीहरुले मर्जरको पहल सुरु गर्न थालेका हुन्। 

एभरेष्टको चुक्ता पुँजी एक अर्ब नौ करोड ५९ लाख रुपैयाँ छ। यसको जगेडा कोषमा २० करोड रुपैयाँ छ।