गीता ग्यासको ५० प्रतिशत हिस्सा बिक्री, २९ करोड रुपैयाँ मूल्यांकन, बजार हिस्सा बढाउने


काठमाडौं। धादिङमा रहेको गीता ग्यास उद्योगको ५० प्रतिशत सेयर धर्म बर्तौलाले किनेका छन्। पोखरामा गृहलक्ष्मी ग्यास उद्योग चलाइरहेका बर्तौलाले केही महिना अघि यो उद्योगको ५० प्रतिशत सेयर किनेका हुन्।

बर्तौलाले गीता ग्यासको ५० प्रतिशत ‘स्टेक’ किनेको जानकारी दिँदै अब एग्रेसिभ बजार विस्तारमा लाग्ने बताए। ‘पोखरामा रहेको ग्यास उद्योग पश्चिमाञ्चलको लोकप्रिय ब्राण्डका रूपमा गृहलक्ष्मी स्थापित भइसकेको छ,’ उनले बिजमाण्डूसँग भने, ‘काठमाडौंको बजारमा पनि आफ्नो उपस्थिति जनाउन गीताको सेयर किनेको हुँ।’  उद्योगको २९ करोड मूल्यांकन गरेर सेयर किनेको बर्तौलाले बताए।

Sipradee
Sanima Bank
Riddisiddi Cement

उद्योगमा यसअघिका साझेदारको स्टेक घटेको छ। उद्योगमा श्यामकृष्ण कर्माचार्य, नरेश पौडेल, प्रकाशकुमार नेपाल, नरेन्द्र श्रेष्ठ र रञ्जित सिंह साझेदार छन्। धादिङको गजुरी नजिकै ३५ रोपनी क्षेत्रफलमा उद्योग छ।

उद्योगको १ लाख ३५ हजार सिलिण्डर छ। यो ग्यास काठमाडौं, धादिङ, रामेछाप, सिन्धुपाल्चोक, नुवाकोट र रसुवामा बिक्री भइरहेको छ। बर्तौला आएपछि बजार विस्तारका लागि रणनीतिक उपाय समेत अवलम्बन गरिएको छ। काठमाडौंको बजारमा अहिले भइरहेका कम्पनीसँग प्रतिस्पर्धा गर्न भने सजिलो छैन।

‘काठमाडौंमा प्रतिस्पर्धा गर्न सजिलो छैन। अहिले राम्रा भनिएका ग्यास उद्योगले समेत बजार बढाउन सिलिण्डर नोक्सानी खाएर बिक्री गरिरहेका छन्। अर्कोतर्फ कोरोनाका कारण होटल र रेष्टुरेन्ट समेत बन्द छन्,’ उनले भने, ‘कोरोनाको संक्रमण घट्दै गएपछि होटल र रेष्टुरेन्ट पनि चल्न थाल्नेछन्। हामीले पनि आफ्नो ब्राण्डलाई स्थापित गराउन सबै प्रयास गर्नेछौं।’ उनका अनुसार काठमाडौं बाहेक अरु बजारमा समेत ग्यास बिक्रीमा केन्द्रित गरिनेछ।


Share this Story

   

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.
Ncell