लकडाउनले उत्पादित जलविद्युत राष्ट्रिय प्रसारणलाइनमा जोडिएन, नामार्जुन मादीको १२ मेगावाट खेर

बिजमाण्डू
२०७७ जेठ २४ गते १७:५६ | Jun 6, 2020
लकडाउनले उत्पादित जलविद्युत राष्ट्रिय प्रसारणलाइनमा जोडिएन, नामार्जुन मादीको १२ मेगावाट खेर

Tata
GBIME
Nepal Life

काठमाडौं। १२ मेगावाटको नामार्जुन मादी जलविद्युत आयोजनाले विद्युत उत्पादन सुरु गरेपनि लकडाउनका कारण राष्ट्रिय प्रसारणलाइनमा जोड्न सकेको छैन।

कास्की जिल्लामा निर्माण सम्पन्न भएको आयोजनाको विद्युत राष्ट्रिय प्रसाणलाइनमा जोड्नका लागि सहयोग गरिदिन आयोजनाको प्रवर्द्धक हिमालयन हाइड्रोपावर कम्पनीले स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)लाई आग्रह गरेको छ। इप्पानका अध्यक्ष शैलेन्द्र गुरागाईंले लकडाउनका कारण प्राधिकरणले उत्पादित विद्युत राष्ट्रिय प्रारणलाइनमा जोड्न नसकिएको जानकारी दिएको बताए।

जलविद्युत आयोजनाले विद्युत उत्पादन गरेपनि नेपाल विद्युत प्राधिरणको सहयोग बिना राष्ट्रिय प्रसारणलाइनमा जोड्न सकिदैन। प्राधिकरणले भने अहिले लकडाउनका कारण आवतजावतमा समस्या भएकाले तत्काल प्रासरणलाइनमा जोड्न नसकिने जनाएको गुरागाईंले बताए। लकडाउनकै बीचमा निर्माण सम्पन्न भएका कम्तिमा तीन वटा आयोजनाको विद्युत राष्ट्रिय प्रासारणलाइनमा जोड्न बाँकी रहेको पनि उनले बताए।

नामार्जुन मादी आयोजनाको निर्माण गत फागुनमै सम्पन्न भएको र अहिले परीक्षण उत्पादन समेत सम्पन्न भइसकेको कम्पनीले जनाएको छ।तर उत्पादित विद्युत प्रसारणलाइनमा जोड्न आवश्यक पर्ने प्राविधिक कर्मचारीहरु चीनको बुहानबाट नआएकोले प्रसारणलाइनमा जोडिदिन कम्पनीले आग्रह गरेको हो।