कोरोना महामारीमा देश फर्कनेलाई टेलिकमले निशुल्क सिम दिँदै, २० वटा नाकामा बाँड्न एक लाख सिम तयार

बिजमाण्डू
२०७७ जेठ २३ गते १३:०४ | Jun 5, 2020


काठमाडौं। नेपाल टेलिकमले देश फर्कने नेपाली नागरिकलाई निशुल्क सिमकार्ड वितरण गर्ने तयारी गरेको छ।  

Tata
GBIME
Nepal Life

सरकारले भारतबाट स्वदेश फर्कने नागरिकहरुका लागि व्यवस्था गर्ने विभिन्न २० वटा आवागमन स्थल (नाका)हरु तथा हवाई मार्गमा कम्पनीले सिम वितरण गर्ने जनाएको छ।  

कम्पनीका अनुसार देश फर्कने नागरिकका लागि तयार गरिएका क्वारेन्टाइन तथा होल्डिङ सेन्टरहरुमा बुथ स्थापना गरी कम्पनीले निःशुल्क सिम वितरण गरिनेछ। कम्पनीले निशुल्क वितरण प्रयोजनका लागि तत्काल एक लाख सिमकार्डको व्यवस्था गरिसकेको जनाएको छ।

सिम लिनका लागि नागरिकता, राहदानी, सवारीचालक अनुमतिपत्र, ट्राभल डकुमेन्ट वा परिचय झल्कने लगायत कागजात उपलब्ध गराउनु पर्ने कम्पवनीले जनाएको छ।

कम्पनीका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल प्रवेश गर्ने नेपालीहरुका लागि सरकारले काठमाडौं उपत्यकामा व्यवस्था गर्ने आठवटा होल्डिङ सेन्टरहरुमा टेलिकमले निःशुल्क वाइफाई सेवा उपलब्ध गराउने छ।