रेष्टुरेन्ट खोल्न दिल्लीमा यस्तो हुँदैछ तयारी, एउटा टेबुलमा बढिमा ३ जना, अनलाइनबाट भुक्तानी

बिजमाण्डू
२०७७ जेठ २२ गते १०:१० | Jun 4, 2020
रेष्टुरेन्ट खोल्न दिल्लीमा यस्तो हुँदैछ तयारी, एउटा टेबुलमा बढिमा ३ जना, अनलाइनबाट भुक्तानी

नयाँदिल्ली। भारतमा क्रमिक रूपमा लकडाउन खुल्दै गइरहेको छ। अबको चार दिनपछि रेष्टुरेन्ट र होटलहरु पनि खुल्ने छन्।

Tata
GBIME
Nepal Life

तर, यसपालीको रेष्टुरेन्ट केही फरक देखिने छ। खाजा-खाना खान जानेले नौलोपन महसुस गर्ने छन्। तारे होटलदेखि सामान्य खाले रेष्टुरेन्टसम्मले चार दिनपछि खोल्ने ब्यापारको सबै तयारी गरिसकेका छन्।

अब बस्ने ठाउँदेखि पकाउने भान्छा घरसम्म फरक हुने छ। तारे होटेल छिर्नेहरुलाई भान्छामा कसरी पाक्दैछ, कस्तो सरसफाइ छ भनेर हेर्ने ब्यवस्था ग्राहकको मोबाइलमै मिलाइने छ। सामान्य होटेल तथा रेष्टुरेन्टमा 'ओपन किचन' हुनेछन्।

वेटरसँग सम्पर्क गर्न नपरोस् भनेर अनलाइन अर्डरको ब्यवस्था मिलाइएको छ। भुक्तानी पनि अनलाइनबाटै हुनेछ। 

अब पहिलेजस्तो गुजुमुज्जु टेबल-कुर्सी हुँदैन। ग्राहकलाई एउटा टेबल छाडेर राख्ने प्रबन्ध मिलाइएको छ। ठूलो समूहमा आएर रेष्टुरेन्टमा बस्न पाइने छैन। एउटा टेबुलमा दुईदेखि तीन जना मात्र बस्न पाइने छ।

सकरभर खाना लिएर घर वा अफिसमा खानका लागि प्रेरित गरिने छ। छिर्नुअघि तापक्रम नापिने छ। स्यानिटाइजरको ब्यवस्था रेष्टुरेन्टले नै उपलब्ध गराउने छ। ग्राहकले अनिवार्य रूपमा मास्क लगाउनु पर्ने छ। नोटको कारोबार हुने छैन। भुक्तानी अनलाइन वा क्युआर कोडबाट गर्नु पर्नेछ।