लकडाउनमै गुणस्तर तथा नापतौल विभागको सक्रियता, सय वटा सिमेन्टको नमूना संकलन

बिजमाण्डू
२०७७ जेठ २० गते १५:०६ | Jun 2, 2020
लकडाउनमै गुणस्तर तथा नापतौल विभागको सक्रियता, सय वटा सिमेन्टको नमूना संकलन

Tata
GBIME
Nepal Life

काठमाडौं। लकडाउनकै अवधिमा नेपाल गुणस्तर तथा नापतौल विभागले विभिन्न सिमेन्ट कम्पनीको नमूना संकलन गरेको छ। दुई साता अघि लकडाउनमै पनि  ४४ प्रकारका उद्योग चलाउन दिने सरकारको निर्णयसँगै विभागले आफ्नो सक्रियता बढाएको हो।

‘लकडाउनको अवधिमा गुणस्तरमा कुनै सम्झौता नहोस् भनेर हामीले नमूना संकलन गरिरहेका छौं। हाम्रो सबै कार्यालयलाई नमूना संकलनका लागि निर्देशन दिएका छौं,’ विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बिजमाण्डूसँग भने, ‘झापादेखि धनगढीसम्म एक सयभन्दा बढी स्याम्पल संकलन भइसकेको छ।’

उनका अनुसार काठमाडौं उपत्यकामा समेत विभिन्न हार्डवेयरबाट १२ वटा नमूना संकलन भइसकेको छ। ‘लकडाउन भनेर उपभोक्तामाथि ठगी गर्ने छुट कसैलाई पनि हुँदैन। हामीले तोकेको मापदण्डभन्दा बाहिर गएर सिमेन्ट उत्पादन गरेको भए कडा कारवाही गर्नेछौं,’ पुडासैनीले भने, ‘यो कठिन परिस्थितिमा उद्योगीहरुले गुणस्तरमा तलमाथि गर्नु अपराध हो।’