आजबाट दिल्लीमा खुल्दै बजार, कोरोनाको चर्को संक्रमणबीच यसरी हुँदैछ आर्थिक गतिविधि

बिजमाण्डू
२०७७ जेठ २० गते ०९:२६ | Jun 2, 2020

नयाँ दिल्ली। मंगलवारबाट भारतको राजधानी दिल्लीका बजार पूर्ण रुपमा खुला हुने भएको छ। मार्केट एसोसिएसनले पूर्ण रुपमा बजार खोल्ने र त्यसका लागि आवश्यक सुविधा उपलब्ध गराउने जनाएको छ। विशेषगरी कोरोना भाइरसको संक्रमणबाट जोगिनेगरी बजार खुलाउने तयारी गरेको हो। भारतको दिल्ली कोरोना संक्रमणका कारण सबैभन्दा खराबमध्येको राज्य हो।

Tata
GBIME
Nepal Life

मार्केट एसोसिएसनले बजार खुला गर्दा वस्तु बिक्री गर्दा, पैसा साट्दा वा फिर्ता गर्दा, लुगा वा जुत्ताको ट्रायल गर्दा के गर्ने भन्ने नियम पनि बनाएको छ। छुनै पर्ने वस्तुहरुका लागि नियम बनाएर बजार संचालनमा ल्याउन लागेको हो। बिक्रेता र ग्राहकलाई 'सेल्स र सेफ्टी' दुवै आधारमा जोगाउन पर्ने भएकाले नयाँ रणनीतिसहित बजार खुला गरिएको हो।

दिल्ली सरकारले सोमवारमात्र पछिल्लो चरणको लकडाउनका विषयमा गाइडलाइन तयार गरेर सार्वजनिक गरेको छ।

व्यवसायीहरुले 'ट्राइ एन्ड बाइ' सिस्टमलाई सकेसम्म न्युन गरेर पसल चलाउने छन्। सकेसम्म ग्राहकसँग दुरी कायम गरेर कारोबार हुनेछ। सबै पसलमा सामाजिक दुरी कायम हुनुपर्ने छ। एउटा पसलमा एकै समयमा पाँच जनाभन्दा बढी मानिस जान पाउने छैनन।

लुगाका पसलहरुमा मिलेसम्म ट्रायल गर्न नदिने र आफ्नो साइज अनुसार लिने व्यवस्था गरिएको छ। ट्रायल गरेदेखि हरेक वस्तुलाई पुन: स्यानिटाइज गर्नुपर्ने प्रावधान पनि राखिएको छ।