अमेरिकामा रहेका नेपालीले खोलेको सगुनको अर्को चरणको आइपीओ, ३ लाख कित्ता निष्कासन

बिजमाण्डू
२०७७ जेठ १९ गते १०:१४ | Jun 1, 2020
अमेरिकामा रहेका नेपालीले खोलेको सगुनको अर्को चरणको आइपीओ, ३ लाख कित्ता निष्कासन



काठमाडौं। अमेरिकामा रहेका नेपालीहरुको एक समुहले स्थापना गरेको सामाजिक इ-कमर्स स्टार्ट अप कम्पनी सगुन  (www.sagoon.com) ले विश्वभरबाट लगानी जुटाउन अर्को चरणको सेयर निष्कासन गरेको छ। सगुनमा विश्वभरबाट ५६ लाखभन्दा बढी प्रयोगकर्ता जोडिएका छन्।

Tata
GBIME
Nepal Life

अमेरिकी सेयर बजार नियामक धितोपत्र विनिमय आयोग (एसइसी) ले केही समय अघि सगुनको विवरणपत्रलाई बिक्रीयोग्य तोकेको थियो। सगुनले यो चरणमा 'ग' श्रेणीको साधारण सेयर प्रतिकित्ता ३० डलरका दरले ३ लाख कित्ता सर्वसाधारणलाई बिक्री गर्ने छ। 

सगुनको सेयरमा विश्वभर रहेका सर्बसाधारणले कम्तिमा ३० कित्ता सेयर (९ सय डलरको) खरिद गर्न सक्नेछन्। कम्पनीले यो सेयर सीमित समयका लागि पहिले आवेदन गर्नेले किन्न पाउने गरी निष्कासन गरेको हो। 

सगुनले सन् २०१७ मा यसको पहिलो 'रेज ए प्लस' मिनी आइपिओ प्रतिकित्ता २३ डलरका दरले निष्कासन गरेको थियो। त्यतिखेर सगुनको सेयरमा विश्वभरबाट ४ हजारभन्दा बढी लगानीकर्ताले ४६ लाख डलर लगानी गरेका थिए। 

पहिलो चरणमा लगानी जुटाएपछि सगुनले निकै फड्को मारेको छ। यसले मोबाइलको एन्ड्रोइड प्लेटफर्ममा सगुन लाइट, एप्पलको आइओएस प्लेटफर्म र एन्ड्रोइडमा सोसियल स्मार्ट कार्ड तथा वेब ब्राउजरहरुका लागि वेब एप्लिकेसन सार्वजनिक गरेको छ।  

'हामी विश्वभरीका लगानीकर्ताहरुबाट पाएको सहयोग र विश्वासले उत्साहित र गौरवान्वित भएका छौं। उहाँहरुले सगुनलाई फरक खालको अर्थपूर्ण सामाजिक सम्पर्क माध्यम बनाउन हामीले देखेको सपनालाई विश्वास गर्नु भएको छ। उहाँहरुको सहयोगले सगुनलाई हामीले बालकदेखि वृद्धसम्मका मानिसलाई जोड्ने प्लेटफर्म बनाउन सकेका छौं,' सगुनका संस्थापक गोविन्द गिरीले भने। 

सगुनले अहिलेको सार्वजनिक निष्कासनमा सर्वसाधारण र संस्थागत लगानीकर्ताहरूबाट लगानी स्वीकार गर्नेछ। यस पटकको निष्कासन सीमित समयको लागि मात्र खुला रहने छ।