लकडाउन जेठ ३२ सम्म थप्ने मन्त्रिपरिषदको निर्णय, मोडालिडीका बारेमा खुलाइएन

बिजमाण्डू
२०७७ जेठ १७ गते २१:४२ | May 30, 2020

Tata
GBIME
Nepal Life

काठमाडौं। कोरोना भाइरस रोकथामका लागि सरकारले जेठ ३२ गतेसम्म लकडाउन बढाउने भएको छ। शनिबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले लकडाउन थप्ने निर्णय गरेको हो।

लकडाउनको मोडालिटी परिवर्तन हुने वा निरन्तरता हो भन्नेबारे भने खुलाइएको छैन। मन्त्रिपरिषद्को निर्णयबारे सरकारका प्रवक्ता एवं अर्थमन्त्री डा. युवराज खतिवडाले उच्चस्तरीय समितिले लकडाउनको मोडालिटी तयार पार्ने बताए। 'जेठ २० गतेपछि लकडाउनको मोडालिटी परिवर्तनका लागि उच्चस्तरीय समितिले मन्त्रिपरिषद्मा सुझाब दिनेछ। त्यही आधारमा निर्णय हुनेछ,' उनले भने।