भारतमा लकडाउन खुकुलो, जुन ८ देखि धार्मिक स्थल, होटल, सैलून, रेस्टुरेन्ट खोल्ने अनुमति

बिजमाण्डू
२०७७ जेठ १७ गते २१:३८ | May 30, 2020
भारतमा लकडाउन खुकुलो, जुन ८ देखि  धार्मिक स्थल, होटल, सैलून, रेस्टुरेन्ट खोल्ने अनुमति

Tata
GBIME
Nepal Life

भारतमा लकडाउन थप खुकुलो पारिएको छ। भारत सरकारले शनिबार १ महिनाका लागि लकडाउन लम्ब्याउने निर्णय गर्दै थप खुकुलो पारेको हो।

भारतमा चौथो पटक थपिएको लकडाउनको समय आइतबार ३१ मेमा सकिँदैछ। गृह मन्त्रालयले सोमबार जुन १ देखि जुन ३० सम्म लागू हुनेगरी पाँचौंपटक लकडाउनको समय थपेको छ।

भारतको गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा लकडाउन लम्ब्याउनुका साथै विभिन्न छुटसहित खुकुलो पारिएको बारे जानकारी दिइएको छ।

पाँचौं पटकको लकडाउनको निर्देशिकामा तीन चरण निर्धारण गरिएको छ। पहिलो चरणमा ८ जुनबाट धार्मिक स्थल, होटल, सैलून, रेस्टुरेन्ट खोल्ने अनुमति निश्चित सर्तसहित दिइनेछ।

तेस्रो चरणमा रातको समयमा लगाइएको कर्फ्यूको समय घटाइएको छ। यस चरणमा अन्तर्राष्ट्रिय उड़ान, मेट्रो रेलको संचालन, सिनेमा हल, जिम, स्वीमिङ पुल, थिएटर, बार र सभा हल सुरक्षा सतर्कताका साथ खोल्न निर्णय पनि केन्द्र सरकारले लिन सक्ने भारतीय मिडियाले आकलन गरेका छन्।