भरतपुरमा साइकल लेनसहितको सडक बन्ने, शनिबार मेयर रेनु दाहालले गरिन् शिलान्यास

रासस
२०७७ जेठ १७ गते २०:०५ | May 30, 2020
भरतपुरमा साइकल लेनसहितको सडक बन्ने, शनिबार मेयर रेनु दाहालले गरिन् शिलान्यास

Tata
GBIME
Nepal Life

भरतपुर। चितवनको भरतपुर महानगरपालिकामा पहिलोपटक साइकल लेनसहितको सडक निर्माण हुने भएको छ। भरतपुर-७ को गौरीगञ्ज हेल्थपोष्ट चोकदेखि प्रेमबस्ती चोकसम्म सडक निर्माण गर्न लागिएको हो।

भरतपुर-७ मा निर्माण हुन लागेको सडकको शनिबार शिलान्यास गर्दै महानगर प्रमुख रेनु दाहालले भरतपुर महानगरपालिकामा पहिलोपटक साइकल लेनसहितको स्मार्ट सडक निर्माण गर्न लागिएको जानकारी दिइन्। उनले भरतपुर महानगरपालिकाका अधिकांश सडक कालोपत्र भएको र बाँकी पनि छिट्टै हुने प्रतिबद्धता जनाइन्।

वडाध्यक्ष राजेन्द्रमणि काफ्लेका अनुसार एक हजार ३०० मिटर लामो सडकको नौ करोड रुपैयाँ लागत अनुमान गरिएको छ। प्रारम्भिक चरणमा तीन करोड ६५ लाख रुपैयाँ बजेट विनियोजन भएको छ। सडकमा फुटपाथ, ड्रेन, साइकल ट्रयाक हुनेछ। एक वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी सुनकोशी मंगलदीप जेभीले निर्माणको जिम्मा लिएको छ।