राष्ट्रिय ऋणबाट बजेट बनाउनु गलत भएको पूर्वअर्थमन्त्री महतको भनाई, ‘सरकार प्रचारमुखी भयो’

बिजमाण्डू
२०७७ जेठ १६ गते १५:३७ | May 29, 2020


यो साह्रै प्रचारमुखी सरकार छ। सरकारको कार्यान्वयन क्षमता नै कमजोर छ। यो बजेटको आकार निकै ठूलो भयो। हालको अवस्थामा साढे १३ खर्बदेखि १४ खर्ब रुपैयाँसम्म बनाउनु पर्ने हो।

Tata
GBIME
Nepal Life

राष्ट्रिय ऋणबाट बजेट निर्माण गर्नु गलत हो । यो बजेटले भविष्यको सन्ततिलाई ऋण थुपार्ने काम गरको छ। ५ वर्षअघि मैले अर्थमन्त्रालय छोड्दा २४ प्रतिशत  ऋणको हिस्सा थियो अहिले  त्यो ३२ प्रतिशत नाघिसकेको छ।

आन्तरिक ऋण बजारबाट धेरै उठाउदा निजी क्षेत्रलाई ऋणले दबाब पार्छ।  ७ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य राखिएको छ । यो निकै ठूलो लक्ष्य हो।

सरकारले साना तथा महिलालाई दिने आर्थिक सुविधा राम्रो छ। कर्पोरेट कर घटेन जबकी भारतले कर्पोरेट कर २० प्रतिशतमा सीमित गरिसकेको छ।

इलेक्ट्रिक सवारी ल्याउन कडाइ गरिनु दुःखद छ। १ सय ५० प्रतिशत पुग्नु गलत प्रयास हो।

सेयर मुल्य घटेको छ। यसको लगानीकर्तालाई सरकारले हेरेको देखिँदैन। विगतमा दिएको सुविधा कार्यान्वयनमा आएको छैन।

(पूर्व अर्थमन्त्री  डा. रामशरण महतले बजेटका बारेमा सेजनको जुम मिटिङमा ब्यक्त गरेको धारणा)