अमेरिकामा सन् १९४८ पछि सबैभन्दा धेरै बेरोजगार, ४ मध्ये १ ले बेरोजगारी भत्ता मागे

बिजमाण्डू
२०७७ जेठ १६ गते ११:४५ | May 29, 2020

Tata
GBIME
Nepal Life

कोरोना भाइरसको महामारीका कारण उद्योग व्यापार बन्द भएकाले अमेरिकामा बेरोजगारी बढेको छ ।

अमेरिकामा कोरोना महामारीका कारण मार्चदेखि आर्थिक गतिविधि ठप्प भएयता पहिलोपटक ४ करोडभन्दा धेरै नागरिकले बेरोजगारी भत्तालगायतका सुविधा दाबी गरेका छन्। 

प्रत्येक चार जनामध्ये एकजनाले बेरोजगारी बीमाको माग गरेको तथ्यांक अमेरिकाको श्रम विभागको छ। गत सातामात्रै २१ लाख मानिसले जागिर गुमाएको भन्दै बेरोजगारी सुविधाको माग गरेका छन्।

कोरोना महामारीपछि एक सातामै २१ जनाले जागिर गुमाएको भन्दै बेरोजगारी भत्ता माग गरेको  यो पहिलोपटक हो।

अमेरिकामा महामारीअघि साताको २ लाखले यस्तो दाबी गर्ने गरेकोमा हाल सातामा यति धेरै बेरोजगारी दाबी गर्दै फाइलहरु पेश हुुन थालेको अमेरिकी श्रम विभागले जनाएको छ।  यस्तोमा कतिपयले नक्कली विवरण पेश गर्दै फाइदा लिन खोज्ने विषयमा चनाखो हुनुपर्ने देखिएको श्रम विभागका अधिकारीहरुको भनाई छ। 

तथ्यांक विभागले अमेरिकी रोजगार बजारबारे गरेको सर्वेक्षणअनुसार मे महिनामा ७५ लाख रोजगारी गुम्ने अनुमान गरिएको छ भने बेरोजगारी दर बढेर २० प्रतिशत पुग्ने अनुमान गरिएको छ।

अप्रिल महिनामा मात्रै अमेरिकी अर्थतन्त्रबाट २ करोड ५० लाख रोजगारी गुमेको तथा  बेरोजगाारी दर बढेर १४.७ प्रतिशत पुगेको तथ्यांक विभागले सार्वजनिक गरेको थियो।

अमेरिकामा अर्थतन्त्र फेरि पुरानै अवस्थामा फर्काउन सके मानिसहरु काममा फर्कन सक्ने बताइएको छ । अमेरिकाका केही राज्यहरुमा अर्थतन्त्र चलायमान बनाउने बाटो खोल्ने काम छिटो भइरहेको छ भने केही उद्योगहरुले पनि काम सुरु गर्न थालेका छन्।

तथ्यांकअनुसार कोरोना भाइरसको संक्रमण फैलिदै गएपछि सामाजिक दुरी कायम गर्नुपर्ने र अन्य स्वास्थ्य सतर्कता अपनाउनु पर्ने भएपछि ३० करोड भन्दा बढी अमेरिकीहरु घरमै बसेका छन्।