नयाँ सफ्टवेयर प्रयोगमा ल्याउने भन्दै प्रभु बैंकले तीन दिन सेवा नदिने, फिन्याकलमा उक्लियो

बिजमाण्डू
२०७७ जेठ ७ गते १४:०८ | May 20, 2020

काठमाडौं। प्रभु बैंक जेठ १५ गते बिहीबार साँझदेखि आइतबार बिहानसम्म बन्द हुने भएको छ। बैंकले नयाँ सफ्टवेयर प्रयोगमा ल्याउन लागेकाले सेवा बन्द गर्न लागिएको जनाएको छ।

Tata
GBIME
Nepal Life

बैंकले अहले प्रयोग गर्दै आएको सफ्टवेयर प्रतिस्थापन गर्ने प्रयोजनका लागि सेवा बन्द गर्न लागेको जनाएको छ। योबीचमा कुनै पनि सेवा उपलब्ध हुने छैन।

बैंकले सेवा केही समयलाई बन्द हुने जानकारी एक सूचना जारी गरेर सर्वसाधारणसँगै नियामकलाई पनि गराएको छ। 

बैंकले पुमरी सफ्टवेयरको साटो फिन्याकल सफ्टवेयर प्रयोग गर्न लागेको छ।