सेञ्चुरी कमर्सियल बैंकले कोरोना रोकथाम कोषलाई ५० लाख, प्रत्येक प्रदेशलाई पाँच लाख रुपैयाँ दिने

बिजमाण्डू
२०७६ चैत्र २१ गते १५:४५ | Apr 3, 2020
सेञ्चुरी कमर्सियल बैंकले कोरोना रोकथाम कोषलाई ५० लाख, प्रत्येक प्रदेशलाई पाँच लाख रुपैयाँ दिने


Tata
GBIME
Nepal Life

काठमाडौं। सेञ्चुरी कमर्सियल बैंकले कोरोना रोकथामका लागि स्थापना गरिएको सरकारी कोषमा ८५ लाख रुपैयाँ दिने भएको छ।

बैंकले प्रत्येक प्रदेश सरकारलाई पाँच लाख रुपैयाँ र केन्द्र सरकारलाई ५० लाख रुपैयाँ दिने जनाएको छ।

सामाजिक उत्तरदायित्व वहन गर्दै बैंकले यो रकम दिन लागेको विज्ञप्तिमा उल्लेख छ।