इन्टरनेटमा २५% छुट दिनुपर्ने सरकारी निर्णय सेवा प्रदायकले नमान्ने,  ‘कर छुट पाए मात्रै दिन्छौं’

बिजमाण्डू
२०७६ चैत्र १९ गते १३:०९ | Apr 1, 2020
इन्टरनेटमा २५% छुट दिनुपर्ने सरकारी निर्णय सेवा प्रदायकले नमान्ने,  ‘कर छुट पाए मात्रै दिन्छौं’

Tata
GBIME
Nepal Life

काठमाडौं। इन्टरनेटमा २५ प्रतिशत छुट दिनुपर्ने सरकारी निर्णय इन्टरनेट सेवा प्रदायकले नमान्ने भएका छन्।

 कोरोना भाइरसबाट प्रभावित उपभोक्तालाई राहत दिन भन्दै गत आइतबार मन्त्रिपरिषद् बैठकले २५ प्रतिशत छुट दिनुपर्ने निर्णय गरेको थियो। सरकारको निर्णयपछि नेपाल दूरसंचार प्राधिकरणले सबै सेवा प्रदायकलाई छुटका लागि निर्देशन दिएपछि व्यवसायीले अस्विकार गरेका हुन्।

लकडाउनका कारण आफुहरुनै समस्यामा परेको समय आफुले छुट दिन नसक्ने इन्टरनेट सेवा प्रदायकहरुको संस्था (आइस्पान)का अध्यक्ष भोजराज भट्टले बताए। उनका अनुसार सरकारले आफुहरुलाई राहत दिएको अवस्थामा मात्रै ग्राहकलाई छुट दिने निर्णय भएको छ।

‘सरकारले हामीलाई कुनै राहत दिएको अवस्थामा त्यस्तो छुट दिन सक्ने अवस्था रहन्छ,’ उनले भने, ‘ सरकारले कर पनि उच्च लिने गरेको छ, ब्याण्डविथ खपत बढेको छ,  सरकारले सरकारले यो अवधीको कर छुट भन्नुपर्यो, नत्र आफ्नै खर्चबाट २५ प्रतिशत छुट दिन सकिन्न।’