अष्ट्रेलिया रेस्क्यु उडान गर्दै एनएसी, आज साँझ ५:३० बजे २६४ यात्रु लिएर उडान गर्दै

बिजमाण्डू
२०७६ चैत्र १९ गते ११:५४ | Apr 1, 2020


काठमाडौं। नेपाल वायुसेवा निगमको वाइडबडी जहाजमार्फत आज २६४ अष्ट्रेलियन यात्रुलाई काठमाडौं-क्वालालाम्पुर हुँदै अष्ट्रेलिया लगिने भएको छ। 

Tata
GBIME
Nepal Life

निगमको 'नाइन-एन-एएलजेड' कलसाइनको जहाजमार्फत बुधबार साँझ ५:३० बजे अष्ट्रेलियाको चार्टर उडान हुन लागेको निगमका डाइरेक्टर फ्लाइट अपरेशन दिपु जुवारचनले जानकारी दिए। 

अस्ट्रेलियन दूतावास र नेपाल सरकारको समन्वयमा गरिन लागेको चार्टर उडानका लागि सात मुलुकबाट ओभरफ्लाइका लागि अनुमति लिइसकेको उनले बताए। यात्रुका लागि टिकेटिङको काम बोन ट्राभलले गरेको छ।

‘चार्टर उडानका लागि हामीले भारत, म्यानमार, बंगलादेश, थाइल्याण्ड, मलेसिया, इण्डोनेशिया र सिंगापुर लगायत मुलुकसँग फ्लाइओभरको अनुमति पाइसकेका छौँ,; उनले भने, 'स्वास्थ्य र सुरक्षा लक्षित सबै तयारी भइसकेको छ। यो उडानका लागि चालकदलमा ६ जना छन्।’ 

करिब १४ घण्टा समयावधि रहने यो उडान मलेसियाको क्वलालाम्पुरमा इन्धन भर्न रोकिनेछ, त्यसपछि जहाज अष्ट्रेलियातर्फ उड्नेछ। बुधबार उडान गर्न लागेको निगमको यो जहाजको बिहीबार राती नेपाल आइपुग्ने तालिका छ। 

लकडाउनपछि निगमको वाइडबडीमार्फत चीनबाट मेडिकल किट्स ल्याउने काम भइरहेको छ।