बोतलको पानी अब १० रुपैयाँमै पाइने, घरमै मगाउन एक कार्टुन किन्नु पर्ने, कसरी सम्पर्क गर्ने?

बिजमाण्डू
२०७६ चैत्र १९ गते ११:२६ | Apr 1, 2020
बोतलको पानी अब १० रुपैयाँमै पाइने, घरमै मगाउन एक कार्टुन किन्नु पर्ने, कसरी सम्पर्क गर्ने?


काठमाडौं। नेपाल बोतल वाटर संघले २० रुपैयाँ प्रतिलिटरमा बेच्दै आएको बोतलको पानी ५० प्रतिशत मुल्य घटाएर बेच्न सुरु गरेको छ। 

Tata
GBIME
Nepal Life

बुधबारदेखि १० रुपैयाँ प्रति लिटरमा बेच्न सुरु गरेको हो। आजैबाट १० रुपैयाँ प्रतिलिटरमा बेच्न सबै उद्योगहरुलाई सर्कुलर जारी गरिएको नेपाल बोतल वाटर संघका अध्यक्ष सुवास भण्डारीले जानकारी दिए। उनका अनुसार, लक डाउन अवधीभर १० रुपैयाँ प्रति वोतल पानी बेच्न लागिएको हो। 

खुद्रा बजारमा भने  किन्दा १० रुपैयाँमा पाइने छैन।

यसका लागि उपभोक्ताले पानी  प्रशोधन गर्ने फ्याक्ट्रीमा अर्डर गर्नुपर्छ। फ्याक्ट्रीले घरमै निशुल्क डेलिभरि गरिदिन्छ। तर डेलिभरिका लागि  कम्तीमा एक कार्टुन पानी अर्डर गर्नुपर्छ। एक कार्टुनमा १२ वटा वोतल हुन्छ। पहिले २४० रुपैयाँ खुद्रा मुल्य थियो। अब १२० रुपैयाँ तिरे पुग्छ। 

कहाँ सम्पर्क गर्ने 
पानी अर्डर  गर्नका लागि आफ्नो नजिकैको पानी उद्योगहरुमा सम्पर्क राख्न सकिने महासंघले जनाएको छ।

चाल्नाखेलमा सुदिप बस्नेतलाई ९८५१२४६५५१, ललितपुर क्षेत्रमा राम बराललाई ९८४१८८९८६५, जोरपाटी क्षेत्रमा कुमार श्रेष्ठलाई ९८५१०२९१५९, भक्तपुरमा राम सुवाललाई ९८५१००८६३४, बनेपामा विशाल श्रेष्ठ ९८०१००४५६४, गोगबु क्षेत्रमा धुर्व गौतमलाई ९८५१०२९६४९, बुढानिलकण्ठमा धर्मलाई ९८५११५२४२२ मा सम्पर्क गरेर अर्डर गर्न सकिन्छ।‍