कोरोनालाई देखाएर सरकारले किन गर्‍यो यी वस्तुको आयातमा प्रतिबन्ध,क्यानडाको माल नेपालहुँदै भारत

बिजमाण्डू
२०७६ चैत्र १८ गते १३:३२ | Mar 31, 2020


काठमाडौं। सुक्खा सेतो र हरियो रंगको केराउ आयातमा सरकारले राजस्व दरबन्दी न्यून राखेपछि तेस्रो मुलुकबाट ठूलो परिमाणमा केराउ आयात गरी भारततर्फ तस्करी भइरहेको थियो।

Tata
GBIME
Nepal Life

कृषिजन्य तथा खाद्यान्न सामग्रीअन्तर्गत राखिएको  केराउमा १५ प्रतिशत मात्र भन्सार महसुल लिने गरएका कारण यसको आयातमा ब्यापक वृद्धि भएको थियो।

यो कुरा चाल पाएको सरकारले आइतबार कोरोनाको संक्रमण नियन्त्रणका साथै राहत प्याकेज घोषणा गर्दै आयातमा प्रतिबन्ध लगाइदिएको छ।

गत आर्थिक वर्षको पहिलो साढे ३ महिनाको अवधि र चालू आर्थिक वर्षको साउनदेखि कात्तिक १५ सम्मको तथ्यांक हेर्ने हो भने केराउको आयात दोब्बरले वृद्धि भएको सिर्सिया सुक्खा बन्दरगाहको तथ्यांकमा देखिन्छ।

तराइका सीमा क्षेत्रमा नेपालबाट भारततर्फ  मरिच,  केराउ र छोकडा विशेषगरी तस्करी हुन्छ। नेपालबाट भारतमा महंगोमा ती सामान बिक्री वितरण हुने भएकाले समुद्रपारबाट ती सामान मगाएर भारत पुर्‍याउने गरिएको थियो।

अस्ट्रेलिया र क्यानडाबाट आउने केराउ कोलकाता हुँदै वीरगंज सिर्सिया सुक्खा बन्दरगाहमा आइपुग्छ भने वीरगंजबाट बारा र पर्सासँगै तराइका विभिन्न जिल्लाको ग्रामीण नाका भएर यी सामानहरु भारत तस्करी गर्ने ठूलो गिरोह यस कार्यमा सक्रिय रहेको सुरक्षा अधिकारीहरुको रिपोर्टिङ थियो।

सिर्सिया सुक्खा बन्दरगाहको तथ्यांक हेर्ने हो भने मरिचको आयात गत वर्षभन्दा केही मात्रामा घटे पनि केराउ र छोकडाको आयात अस्वभाविक रूपले वृद्धि भएको थियो।