कच्चा तेलको मूल्य १७ बर्षयताकै न्युन, रुस र साउदी अरबबीच ‘प्राइस वार’, उत्पादन कटौती नहुने

बिजमाण्डू
२०७६ चैत्र १७ गते १५:५४ | Mar 30, 2020
कच्चा तेलको मूल्य १७ बर्षयताकै न्युन, रुस र साउदी अरबबीच ‘प्राइस वार’, उत्पादन कटौती नहुने


सिंगापुर। कोरोना भाइरस महामारीका कारण विश्व आर्थिक संकट लम्बिने देखिएको छ। जसले गर्दा सोमबार एसियाली बजारमा कच्चा तेलको भाउ गत १७ बर्षयताकै सस्तो दरमा झरेको छ।

Tata
GBIME
Nepal Life

अमेरिकामा वेस्ट टेक्सस इन्टरमिडियट (डब्लुटीआइ) ५.३ प्रतिशतले घटेर २० डलर प्रति ब्यारेलमा आएको छ। यसैगरी अन्तर्राष्ट्रिय मानक ब्रेन्ट क्रेड साढे ६ प्रतिशतले घटैर २३ डलरमा आएको छ। कोरोना भाइरस संक्रमणका कारण सन्सारभरी करिव ३३ हजार जनाको ज्यान गइसकेको छ। युरोप र अमेरिका सबैभन्दा बढि प्रभावित भएको छ।

कोरोना भाइरसका कारण सन्सारभरका सरकारहरुले 'लकडाउन' गरिरहेका छन्। यसले गर्दा यात्रामा प्रतिबन्ध लागेको छ। यात्रासँगै औद्योगिक क्षेत्र पनि प्रभावित भएको छ। यही कारण पेट्रोलियम पदार्थको माग कम हुँदा कच्च तेलको मूल्य निरन्तर घट्न थालेको हो।

एकातिर कच्चा तेलको माग कम छ भने नाटकीय रुपमा आपूर्ती भने बढिरहेको छ। अहिले तेलको प्रमुख उत्पादक साउदी अरब र रुसबीच 'प्राइस वार' सुरु भएको छ।

साउदी अरबले गत साता उत्पादनमा कटौती गर्ने बारे रुससँग कुनै किसिमको कुराकानी नभए जनाएको थियो। रुसका उर्जा उपमन्त्रीले पनि मूल्य २५ डलर प्रति ब्यारेल आउँदासम्म आफूलाई कुनै  फरक नपर्ने बताएका छन्। उनीहरुको सार्वजनिक धारणले उत्पादन कटौती हुने संकेत गरेको छैन। त्यही भएर पनि निरन्तर मूल्य ओरालो लागेको हो।