सेयर बजार आगामी २५ गतेसम्म बन्द, मान्छे हिँडडुल गर्न नपाउने भएकाले बन्द गर्न निर्देशन

बिजमाण्डू
२०७६ चैत्र १७ गते १५:०९ | Mar 30, 2020
सेयर बजार आगामी २५ गतेसम्म बन्द, मान्छे हिँडडुल गर्न नपाउने भएकाले बन्द गर्न निर्देशन


काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को कारोबार अर्को एक साता स्थगित हुने भएको छ। नेपाल धितोपत्र बोर्डले आइतबार साँझ नेप्सेलाई अर्को एक साता कारोबार बन्द गर्न निर्देशन दिइसकेको छ।

Tata
GBIME
Nepal Life

'सरकारले लकडाउन लम्ब्याएका कारण हिँडडुल गर्ने अवस्था छैन' बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानाले बिजमाण्डूसँग भने, 'त्यसैले अझै एक साता कारोबार बन्द गर्न निर्देशन दिइसकेका छौं।'

बोर्डको निर्देशनमा गत बुधबारदेखि सेयर बजार कारोबार बन्द छ। बोर्डले आगामी २५ गतेसम्म कारोबार बन्द गर्न निर्देशन दिएको हो।

'कारोबार खुला गरेपछि ब्रोकर कार्यालयमा भिडभाड हुन सक्छ' उनले भने, 'कारोबार गर्नका लागि मान्छ आउन पनि समस्या हुन्छ। सबै कुरालाई ध्यान दिँदै बन्द गर्न भनेका हौं।'

नेप्सेले पनि बोर्डको निर्देशन पालना गर्दै २५ गतेसम्मका लागि कारोबार बन्द गर्ने निर्णय गरेको छ।