नेपाल ग्यासले बालाजु औद्योगिक क्षेत्रमा रहेको उद्योगमा पुग्ने उपभोक्तालाई ग्यास दिने

बिजमाण्डू
२०७६ चैत्र १७ गते ०९:४७ | Mar 30, 2020
नेपाल ग्यासले बालाजु औद्योगिक क्षेत्रमा रहेको उद्योगमा पुग्ने उपभोक्तालाई ग्यास दिने


Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल ग्यासले आफ्नै उद्योग परिसरबाट उपभोक्तालाई ग्यास बिक्री गर्ने भएको छ। ग्यास नपाएर समस्यामा परेका उपभोक्तालाई लक्षित गर्दै बालाजु औद्योगिक क्षेत्रभित्र रहेको उद्योगबाट ग्यास बिक्री गर्न लागेको कार्यकारी निर्देशक गोकुल भण्डारीले बताए।

‘हामीले डिलरसम्म ग्यास आपूर्ति गरिरहेका छौं। तर पनि कतिपय उपभोक्ताले ग्यास नपाएको गुनासो गर्नुभएकोले उद्योग परिसरबाट दिने निर्णय भएको हो’, उनले बिजमाण्डूसँग भने ‘हामीले डिलरलाई पनि निरन्तर दिनेछौं भने यहाँ आउने उपभोक्तालाई पनि ग्यासकै अभावले पिरोलिन नपरोस् भनेर बिक्री गर्ने व्यवस्था मिलाएका हौं।’

कम्पनीले निरन्तर डिलरसम्म ग्यास पुर्याउँदा पनि उपभोक्ता उद्योग परिसरमा आउन थालेपछि त्यहाँ आउनेलाई दिन थालिएको उनले बताए। कोरोना संक्रमणपछि ग्यासको माग बढ्दै गएपछि अभाव सुरु भएको थियो। बजारमा ग्यास जति पठाएपनि नपुग्ने अवस्था आएपछि अहिले नेपाल आयल निगमले आधा सिलिण्डर बिक्री गर्न निर्देशन दिएको छ। त्यही निर्देशनका आधारमा उद्योगले आधा सिलिण्डर ग्यास भरेर बिक्री वितरण गर्दै आएका छन्।