राष्ट्र बैंकले लगानी बढाउन सीआरआर घटायो, एसएलआर ५% मै, पुनर्कर्जा कोषको रकम एसएमइलाई

बिजमाण्डू
२०७६ चैत्र १६ गते १९:१६ | Mar 29, 2020


काठमाडौं। कोरोना भाइरसले अर्थतन्त्रमा समस्या पर्न थालेपछि राष्ट्र बैंकले बैंक तथ वित्तीय संस्थाको अनिवार्य तरलता अनुपात (सीआरआर) घटाएको छ। यसअघि ४ प्रतिशत थियो।

Tata
GBIME
Nepal Life

राष्ट्र बैंकले सीआरआर एक प्रतिशत बिन्दुले घटाएर ३ प्रतिशत कायम गरेको हो। आइतबार साँझ निर्देशन जारी गर्दै राष्ट्र बैंकले बैंक दर पनि घटाएको छ। ६ प्रतिशतको बैंक दरलाई ५ प्रतिशतमा झारेको हो।

स्थायी तरलता सुविधा दर पनि ६ प्रतिशतबाट ५ प्रतिशतमा झारिएको छ। अब बैंकहरुले तरलता अभाव भएमा राष्ट्र बैंकबाट पाँच प्रतिशतमै पैसा लिन सक्छन्।

पुनर्कर्जा कोषलाई ६० अर्ब पुर्याइएको छ। यसअघि ५० अर्ब थियो। पुनर्कर्जा कोरोनाले प्रभावित गरेको साना तथा मझौला उद्यमीलाई प्राथमिकतामा राखेर दिइने छ। यस्तो पुनर्कर्जा चालु पुँजी कर्जाको लागिसमेत दिइने भएको छ।

राष्ट्र बैंकले काउन्टर साइक्लिकल बफरलाई स्थगित गरेको छ। यसअघि ११ प्रतिशत पुँजी पर्याप्तता अनुपातमा थप साढे २ प्रतिशत बफर राखेको थियो। यसले लगानी बिस्तारलाई प्रोत्साहित गर्छ।