ऋणको किस्ता तिर्न असारसम्मको समय दिइयो: कसैले चैतमा तिर्न चाहे ब्याजमा १० प्रतिशत छुट दिने

बिजमाण्डू
२०७६ चैत्र १६ गते १९:०७ | Mar 29, 2020


काठमाडौं। नेपाल राष्ट्र बैंकले पुनर्कर्जा कोषको रकम १० अर्ब रुपैयाँले बढाउँदै चालु पुँजी प्रकृतिका अल्पकालिन कर्जाको भुक्तानी अवधि दुई महिनालाई थप गरेको छ।

Tata
GBIME
Nepal Life

कोरोना भाइरस संक्रमणसँगै उद्योग ब्यवसाय समस्या परेका बेला राष्ट्र बैंकले राहत प्याकेज ल्याएको हो। चैतसम्म कुनै कर्जा नवीकरण नभएपनि त्यसलाई असल ऋणमै गणना गर्न पाइने छ। राष्ट्र बैंकले सुक्ष्म निगरानीमा नराखे पनि हुने ब्यवस्था गरेको हो।

उद्योगीसँगै सर्वसाधारणले समेत राहत पाएका छन्। चैतमा असुल गर्नु पर्ने मासिक त्रैमासिक किस्ता रकम असार मसान्तसम्म भुक्तानी समय मिलाउन भनिएको छ। यसमा क्रेडिट कार्ड समेत पर्ने छ। यसमा कुनै पनि किसिमको शुल्क वा हर्जाना लिन पाइने छैन। किस्ता असुल नभएका कारणले कर्जालाई तल्लो वर्गमा वर्गीकरण गर्नु पर्दैन।

यदि कसैले चैतमा किस्ता भुक्तानी गर्न आएमा उसलाई ब्याज रकममा १० प्रतिशत छुट पाउने छ। छुट रकम आधार दरभन्दा तल भने दिन पाइँदैन।

गत पुस मसान्तसम्म ब्याज तथा साँवा भुक्तानी गरिरहेका पर्यटन तथा यातायात क्षेत्रका ऋणीहरुले अल्पकालिन कर्जाको माग गरेमा साँवा तथा ब्याज बक्यौता रहेता पनि आवश्यकता अनुसार निश्चित सीमासम्म संक्षिप्त प्रक्रिया अपनाइ ५ दिनभित्र दिइसक्नु पर्छ। यस्तो कर्जा स्वीकृत गर्दा ०.२५ प्रतिशतभन्दा बढि शुल्क लिन पाइँदैन।

राष्टंर बैंकबाट स्वीकृति लिएर गत पुस वा चैत मसान्तसम्मका लागि ब्याज पुँजीकरण गरिएका ऋणीहरुको हकमा आगामी असार मसान्तसम्मका लागि ब्याज पुँजीकरण गर्न सकिने ब्यवस्था पनि गरिएको छ।