कोरोना नियन्त्रण कोषमा एफएनसीसीआईले ५९ लाख दियो, ९१ लाख रुपैयाँ बराबरको जिन्सी सहयोग गर्ने

बिजमाण्डू
२०७६ चैत्र १६ गते १८:२१ | Mar 29, 2020
कोरोना नियन्त्रण कोषमा एफएनसीसीआईले ५९ लाख दियो, ९१ लाख रुपैयाँ बराबरको जिन्सी सहयोग गर्ने

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले कोरोना भाइरस संक्रमण तथा रोकथाम नियन्त्रण उपचार कोषमा ५९ लाख रुपैयाँ नगद दिएको छ। महासंघकी अध्यक्ष भवानी राणाले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई चेक हस्तान्तरण गरिन्।

महासंघले ९१ लाख रुपैयाँ बराबरको स्वास्थ्य तथा खाधान्न सामाग्री समेत दिने भएको छ। महासंघले लकडाउनका समयमा काम विहीन भएर बसेका श्रमिकहरूलाई खाद्यान्न सामग्रीहरू उपलव्ध गराउने जनाएको छ।

आफ्नो देशैभर रहेको संजाल मार्फत महासंघले उद्योग व्यवसायमा काम गर्ने श्रमिक कामदारहरूको तथ्यांक संकलन गरिरहेको जनाएको छ। महासंघले यसअघि सरकारलाई दशहजार थान मास्क र २ सय पचास सेट व्यक्तिगत सुरक्षा उपकरण हस्तान्तरण गरिसकेको छ।

सो अवसरमा महासंंघका निवर्तमान अध्यक्ष पशुपति मुरारका, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्षहरू किशोर प्रधान, उमेशलाल श्रेष्ठ, चन्द्रप्रसाद ढकालको उपस्थिती थियो।