चीनबाट ल्याइएको कोरोना टेस्ट गर्ने मेसिन कहाँ कहाँ लगिँदैछ? परिचय हेरेर छिर्ने अनुमति दिइने

बिजमाण्डू
२०७६ चैत्र १६ गते १६:४५ | Mar 29, 2020

काठमाडौं। कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले एक/एक हजार थान पीपीई सबै प्रदेशमा पठाउने निर्णय गरेको छ।

Tata
GBIME
Nepal Life

समितिका निर्णय सार्वजनिक गर्दै प्रधानमन्त्री कार्यालयका सचिव तथा समितिका सदस्य नारायण बिडारीले चीनबाट ल्याएको पोर्टेबल कोरोना परीक्षण मेसिन सबै प्रदेशमा पठाउने निर्णय भएको बताए।

'दुई नम्बर प्रदेशमा १ थान, ५ मा १ थान, कर्णाली प्रदेशको सुर्खेतमा रहनेगरी १ थान र सदुरपश्चिममा १ थान पठाउने निर्णय भएको छ,' उनले भने।

यस्तै, भारततर्फबाट आएर सीमामा अलपत्र परेका नेपाली कामदारलाइ परिचयपत्रका आधारमा नेपाल प्रवेश दिने निर्णय भएको छ।तर, उनीहरु क्वारेन्टाइनमा भने अनिवार्य बस्नुपर्ने निर्णय गरेको छ। यस्तै क्वारेन्टाइनमा बस्न नमान्ने तथा विदेशबाट आएर लुकेर बस्नेलाई सकारले प्रचलित कानुअनुसार कारवाही गर्ने भएको छ।

मजदुर तथा पेशा व्यवसायीलाई राहतका लागि छलफल भइरहेको बिडारीले बताए। अत्यन्त आवश्यक वस्तुको आपुर्तिमा कमजोरी हुन नदिने पनि निर्णय भएको छ।