लकडाउनमा स्वदेशी विद्युतबाटै माग व्यवस्थापन गर्दै कुलमान, भारतबाट ५० मेगावाट मात्रै ल्याइने

बिजमाण्डू
२०७६ चैत्र १६ गते १५:५२ | Mar 29, 2020
लकडाउनमा स्वदेशी विद्युतबाटै माग व्यवस्थापन गर्दै कुलमान, भारतबाट ५० मेगावाट मात्रै ल्याइने


Tata
GBIME
Nepal Life

काठमाडौ। नेपाल विद्युत प्राधिकरणले लकडाउन अवधिभर भारतबाट विद्युत आयात नगरेरै विद्युत माग व्यवस्थापन गर्ने भएको छ।

लकडाउनका कारण उद्योग धन्दा, कलकारखाना, होटल, सपिङ मल लगायतका बढी विद्युत खपत गर्ने क्षेत्र बन्द भएपछि स्वदेशी उत्पादनबाटै धान्ने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिजमाण्डूलाई बताए। अहिले स्वदेशी जलविद्युत आयोजनाबाट दैनिक ८ सय मेगावाट विजुली उत्पादन क्षमता छ भने माग ९ सय मेगावाट छ। यो आधारमा अहिलेको माग धान्न भारतबाट सय मेगावाट विजुली आयात गरे पुग्छ।

अहिले प्राधिकरणसँग तीन वटा जलाशययुक्त आयोजना (१०६ मेगावाट), ७ वटा अर्धजलाशययुक्त आयोजना (३७४ मेगावाट) र १० भन्दा बढी साना नदी प्रवाहमा आधारित जलविद्युत आयोजना (११४ मेगावाट) गरि ५८४ मेगावाट क्षमताका जलविद्युत आयोजना संचालन छन्।

निजी क्षेत्रबाट प्रवर्द्धित आयोजनाको जडित क्षमता धेरै भएपनि सबै आयोजना नदी प्रवाहमा आधारित भएकाले सुख्खा याममा ती आयोजनाको उत्पादन २५० देखि २६० मेगावाट भन्दा बढी छैन। शनिबार बेलुकाको पिक समयमा विद्युत माग ९०८ मेगावाटमा झरिसकेको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताए। सामान्य समयको पिक आवरमा एक हजार दुई सय मेगावाट भन्दा बढी विजुलीको माग हुने गर्थ्यो।

राति र दिउँसो विद्युत माग आधा भन्दा बढीले घटेपछि अर्धजलाशययुक्त आयोजनालाई राती र दिउँसो पालै पालो बन्द गरेर पिक समयको माग धान्ने प्राधिकरणको योजना छ।

आयोजना

क्षमता (मेगावाट)

प्रकृति

स्थान

कुलेखानी-१

६०

जलाशय

मकवानपुर

कुलेखानी-२

३२

जलाशय

मकवानपुर

कुलेखानी-३

१४

जलाशय

मकवानपुर

जम्मा

१०६

   

कालिगण्डकी-ए

१४४

अर्धजलाशय

स्याङ्जा

मध्य मर्स्याङ्दी

७०

अर्धजलाशय

लमजुङ

मर्स्याङ्दी

६९

अर्धजलाशय

तनहुँ

चमेलिया

३०

अर्धजलाशय

दार्चुला

त्रीशूली

२४

अर्धजलाशय

नुवाकोट

चिलिमे

२२

अर्धजलाशय

रसुवा

देवीघाट

१५

अर्धजलाशय

नुवाकोट

जम्मा

३७४

   

अपर त्रिशुली-३ ए

६०

नदी प्रवाह

नुवाकोट

गण्डक

१५

नदी प्रवाह

नवलपरासी

मोदी खोला

१४.८

नदी प्रवाह

पर्बत

सुनकोशी

१०

नदी प्रवाह

सिन्धुपाल्चोक

अन्य साना आयोजना

१५

नदी प्रवाह

देशभर

जम्मा

११४

   

कुल जडित क्षमता

५८४

   

 

प्राधिकरणसँग अधिकांश ठूला आयोजना अर्धजलाशययुक्त जलविद्युत आयोजना रहेका छन्। नदी प्रवाहमा आधारित आयोजनाले सुख्खा याममा ४० देखि ७० प्रतिशत सम्म मात्र विद्युत उत्पादन गर्ने भएपनि अर्धजलाशययुक्त आयोजनाले भने दैनिक पिकिङ क्षमता अनुसार कम्तिमा ६ घण्टा पूर्ण क्षमतामा विद्युत उत्पादन गर्छन्।

यिनै आयोजनालाई रातको समयमा बन्द गर्ने हो भने त्यो भन्दा बढि समय सम्म पनि पूर्ण क्षमतामा विद्युत उत्पादन गर्न सकिने घिसिङ बताउँछन्।

'आयोजना २४ सै घण्टा बन्द गर्ने भनेको होइन। हामीसँग ठूला क्षमताका पिकिङ आयोजना धेरै भएकाले राती र दिउँसोको समयमा तीनलाई आवश्यक्ता अनुसार बन्द गरेर बिहान बेलुकाको पिक माग व्यवस्थापन गर्न सक्छौ।' घिसिङले भने, 'त्यसो भयो भने भारतबाट आयात हुने विजुली पिक समयमा ५० देखि १०० मेगावाट सम्ममा झार्न सकिन्छ।'

नेपालले भारतसँग गरेको महाकाली सन्धि अनुसार टनकपुरबाट १५ मेगावाट विद्युत लिनै पर्ने हुन्छ। ढल्केबर-मुजफ्फरपुर अन्तरदेशिय प्रसारणलाइनबाट पनि थोरै विद्युत लिनै पर्ने हुन्छ। शुन्य आयात निर्यात भयो भने प्रसारण लाइन बुकिङ नहुने भएकाले थोरै भएपनि विद्युत लिनै पर्ने प्रवक्ता अधिकारी बताउँछन्।

 

विद्युत माग (समय र मेगावाट)

निजी क्षेत्रको आपूर्ति

प्राधिकरणका ROR आयोजना

प्राधिकरणका अर्धजलाशय र जलाशय चलाउने र बन्द गर्नुपर्ने अवस्था

राती ४५०-५००

२५०-२६०

६० देखि ७०

चिलिमे (२२), चमेलिया (३०) र मर्स्याङ्दी (६९)

दिउँसो ६००-६५०

२५०-२६०

६० देखि ७०

चिलिमे (२२), कालिगण्डकी (१४४) र मध्य मर्स्याङ्दी (७०)

बिहान ४००-४५०

२५०-२६०

६० देखि ७०

चिलिमे (२२), त्रीशूली (२४) र चमेलिया (३०)

बिहान पिक ८००-८५०

२५०-२६०

६० देखि ७०

प्राधिकरणका सबै (PROR+Storage) आयोजना (४८४)

बेलुका पिक ९००-९५०

२५०-२६०

६० देखि ७०

प्राधिकरणका सबै (PROR+Storage) आयोजना (४८४)

 

अहिले रातको समयमा विद्युत माग ४०० मेगावाटको वरिपरि छ। निजी क्षेत्रसँग गरिएको टेक अर पे विद्युत खरिद विक्री सम्झौताका कारण निजी क्षेत्रबाट जति विद्युत उत्पादन भएपनि प्राधिकरणले २४ सै घण्टा लिनै पर्ने हुन्छ। निजी क्षेत्रको उत्पादन २५० देखि २६० मेगावाट सम्म छ।

४०० मेगावाट मात्रै विद्युत माग हुँदा २५० मेगावाट विद्युत निजी क्षेत्रबाटै लिएपछि प्राधिकरणले थप १५० मेगावाट मात्रै आपूर्ति गरे पुग्छ। त्यसमा पनि प्राधिकरणका नदी प्रवाहमा आधारित आयोजनाबाट ६० देखि ७० मेगावाट सम्म विद्युत उत्पादन क्षमता भएकाले थप ६० देखि ८० मेगावाटका लागि मात्रै पिकिङ आयोजना चलाउनु पर्ने हुन्छ। त्यसका लागि उसले ७० मेगावाटको मध्य मर्स्याङ्दी र २२ मेगावाटको चिलिमे आयोजना चलाएर बाँकी पिकिङ आयोजनालाई रातमा बन्द गर्न सक्छ।

सबैभन्दा बढी विद्युत माग हुने साँझको पिक समयमा अहिले ९०० मेगावाट मात्रै विद्युत आवश्यक पर्छ। निजी क्षेत्रबाट २५० देखि २६० मेगावाट र प्राधिकरणका सबै आयोजना (कुलेखानी जलाशय समेत)  चलाउँदा ५५० देखि ५६० मेगावाट (५८४ मेगावाट) सम्म विद्युत उत्पादन गर्न सकिन्छ।

यसरी ८०० देखि ८२० मेगावाट सम्म स्वदेशी विद्युतलेनै माग धान्दा भारतबाट एक घण्टाको लागि ५० देखि १०० मेगावाट सम्म मात्रै विद्युत आयात गरे अहिले माग व्यवस्थापन गर्न सकिन्छ।