सिलिण्डरमा ‘डिस्इन्फेक्टेन्ट स्प्रे गर्दै ग्यास उद्योग, उपभोक्ता र कर्मचारीको सुरक्षा हुने

बिजमाण्डू
२०७६ चैत्र १६ गते १४:५९ | Mar 29, 2020
 सिलिण्डरमा ‘डिस्इन्फेक्टेन्ट स्प्रे गर्दै ग्यास उद्योग, उपभोक्ता र कर्मचारीको सुरक्षा हुने

Tata
GBIME
Nepal Life

वीरगंजको मनोज ग्यासमा सिलिण्डरमा ‘डिस्इन्फेक्टेन्ट स्प्रे’ गर्दै मजदुर

काठमाडौं। कोरोना संक्रमण रोक्न ग्यास उद्योगले ‘डिस्इन्फेक्टेन्ट स्प्रे’ गर्न थालेका छन्। सिलिण्डरबाट कोरोना भाइरस फैलिन नदिन उद्योगले स्प्रे गर्न थालेका हुन्।

नेपाल ग्यास, मनोज ग्यास, श्रीकृष्ण ग्यास, साइबाबा र सगर ग्यास उद्योगले स्प्रे गर्न थालेका हुन्। मनोज ग्यासका संचालक मनोज दासले प्रत्येक सिलिण्डर डिस्इन्फेक्टेन्ट गरेर बजारमा लैजाने गरिएको बताए।

उनका अनुसार वासिङ मेसिनमा सोडियम हाइपोक्लोराइड हालेर सिलिण्डर धुने गरिएको छ। 'कोरोना संक्रमण नियन्‍त्रणका लागि हामीले दुई साता अघिदेखिनै डिस्इन्फेक्टेन्ट गर्न थालेका थियौं,' उनले बिजमाण्डूसँग भने, 'हामीले उपभोक्ता र कर्मचारीहरुको सुरक्षाका लागि यो कदम चालेका हौं।' साइबाबा र श्रीकृष्ण ग्यासले पनि शनिबारबाट सिलिण्डर डिस्इन्फेक्टेन्ट स्प्रे गर्न थालेको प्रवन्धक महेश्वर घिमिरेले बताए।

'हामीले पनि स्प्रे गर्न थालेका छौं। चितवनको साइबाबा र धादिङमा रहेको श्रीकृष्ण ग्यासमा भित्र छिर्ने वित्तिकै सिलिण्डरमा स्प्रे गर्छौ' उनले भने। सगर ग्यासका संचालक सावरमल अग्रवालले प्रत्येक सिलिण्डरमा स्प्रे गर्न थालेको बताए। उनले उपभोक्ता र कर्मचारीको सुरक्षाका लागि स्प्रे गर्न थालिएको बताए।