लकडाउनमा सनराइज बैंकका सिइओ शर्मा अत्यावश्यक सामाग्री बाँड्दै, खटिएका कर्मचारीलाई इन्सेन्टिभ

बिजमाण्डू
२०७६ चैत्र १६ गते १२:५५ | Mar 29, 2020
लकडाउनमा सनराइज बैंकका सिइओ शर्मा अत्यावश्यक सामाग्री बाँड्दै, खटिएका कर्मचारीलाई इन्सेन्टिभ


काठमाडौं। सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेले लकडाउनपछि दैनिक आफ्नो टिमसँग विभिन्न अस्पताल पुगिरहेका छन्।

Tata
GBIME
Nepal Life

उपलब्ध भएसम्म उनले ब्यक्तिगत सुरक्षात्मक उपकरण अस्पतालहरुमा गएर वितरण गरिरहेका छन्। आइतबार मात्रै उनले पाटन अस्पताललाई २० थान पीपीइ उपलब्ध गराएका छन्।

शर्मा आज र भोलि बाँकी ६ वटा प्रदेशका अस्पतालहरुलाई पनि पीपीइ उपलब्ध गराउँदैछन्। 'यस्तो महामारीमा बैंकले गर्ने भनेको यस्तै सहयोग हो' उनले भने, 'नगद दिएर मात्र उपकरण आउँदैन। जे चाहिएको हो त्यही दिँदा काम हुन्छ।'

आजै बैंकले बिपी स्मृती हस्पिटललाई १० थान पीपीइ उपलब्ध गराइसकेको छ। हिजो शनिवार प्रहरी अस्पताललाई पनि पीपीइ उपलब्ध गराएको थियो।

'अहिले नभइ नहुने कुरा भनेको पीपीइ हो। विरामीलाई हेर्नुअघि डाक्टर र अस्पतालका अन्य कर्मचारी सुरक्षित हुन जरुरी छ' उनले भने, 'त्यही भएर अहिले हामी संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस्तै बस्तुहरु वितरण गरिरहेमा छौै।'

कोरोना भाइरसका कारण सन्सार नै लकडाउनको अवस्थामा पुगेका बेला सक्नेले सक्दो सहयोग गर्नु पर्ने बताउँछन्। बैंकले आफूसँग भएको पीपीइ वितरण गरिरहेको समाचार फैलिएपछि अन्य अस्पतालबाट पनि माग आउन थालेको बताए। तर कोरोना उपचारका लागि संलग्न अस्पतालहरुलाई प्राथमिकतामा राखिएको उनले जानकारी दिए।

उनले लकडाउनका बेला पनि सकेसम्म धेरै शाखा खोलेर सेवा दिने प्रयत्न गरिरहेको बताए। 

'यस्तो बेलामा पनि सेवा दिन खटिएका कर्मचारीका लागि हामी केही न केही इन्सेन्टिभ प्याकेज ल्याउँछौै' उनले भने, 'जोखिमका बेला पनि सेवा दिन खटिएकाहरुलाई केही  न केही गर्नै पर्छ।'