लकडाउनका बेला बैंकिङ सेवा दिने कर्मचारीलाई भारतमा आर्थिक प्याकेज, अतिरिक्त तलव सुविधा दिने

बिजमाण्डू
२०७६ चैत्र १६ गते १०:१३ | Mar 29, 2020

नयाँदिल्ली। भारतको सबैभन्दा ठूलो बैंक स्टे बैंक अफ इण्डिया (एसबीआइ) र बैंक अफ बडौदाले कोरोना भाइरसको महामारी नियन्त्रणका लागि लगाइएको लकडाउनमा समेत काम गरेको भन्दै कर्मचारीलाई विशेष आर्थिक सुविधा दिने भएको छ।

Tata
GBIME
Nepal Life

एसबीआइले लकडाउनका बेला पनि काम गरिरहेका कर्मचारीलाई अतिरिक्त तलव दिने घोषणा गरेको छ। बैंक  अफ बडौदाले प्रत्येक कर्मचारीलाई २ हजारका दरले नगद उपलब्ध गराउने भएको छ।

२३ मार्चदेखि १४ अप्रिलसम्म काम गरेबापत एसबीआइले अतिरिक्त तलव दिन लागेको हो। यसको लाभ फ्रन्टलाइनमा बसेर काम गर्ने कर्मचारीले पाउने छन्।

एसबीआइ र बैक अफ बदौडाले कर्मचारीलाई सुविधा प्याकेज घोषणा गरेपछि अन्य बैंकले पनि प्याकेज दिने तयारी गरिरहेका छैन। जोखिम मोलेर कर्मचारीले बैंकिङ सुविधा दिइरहेको भन्दै आर्थिक प्याकेज दिन लागिएको हो।