सनराइज बैंकले वीर र शुक्रराज अस्पताललाई दियो पिपिइ, सातै प्रदेशमा दिने

बिजमाण्डू
२०७६ चैत्र १५ गते १५:५३ | Mar 28, 2020
सनराइज बैंकले वीर र शुक्रराज अस्पताललाई दियो पिपिइ, सातै प्रदेशमा दिने

Tata
GBIME
Nepal Life

काठमाडौं। सनराइज बैंकले वीर अस्पताल र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका स्वास्थ्यकर्मीलाई आवश्यक व्यक्तिगत सुरक्षात्मक उपकरण पिपिइ दिएको छ। बैंकले दुई अस्पताललाई २५/२५ थान पिपिइ दिएको हो।

बैंकका सिइओ जनकशर्मा पौड्यालले वीर अस्पतालका निर्देशक डा. केदार सेन्चुरीलाई २५ थान पिपिइ र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा डा. सुशील शर्मालाई २५ थान पिपिइ हस्तान्तरण गरे।

कार्यक्रममा सिइओ पौड्यालले मुलुकमा आइपरेको कठिन परिस्थितीमा समेत चिकित्सक र नर्सले निभाएको भूमिका सराहना गर्दै सामाजिक उत्तरदायित्व वहन गर्दै  स्वास्थ्यकर्मीको सुरक्षाका लागि सहयोग गरेको बताए। बैंकले सात वटै प्रदेशमा पिपिइ वितरण गर्ने उनले जानकारी दिए।