सनराइज बैंकले प्रहरी अस्पताललाई दियो ६५ थान पिपिइ, ‘प्रहरीको भूमिका सराहनीय’

बिजमाण्डू
२०७६ चैत्र १४ गते १८:०३ | Mar 27, 2020
सनराइज बैंकले प्रहरी अस्पताललाई दियो ६५ थान पिपिइ, ‘प्रहरीको भूमिका सराहनीय’


Tata
GBIME
Nepal Life

काठमाडौं। सनराइज बैंकले नेपाल प्रहरी अस्पताल महाराजगंजका डाक्टर तथा नर्सका लागि आवश्यक व्यक्तिगत सुरक्षात्मक उपकरण पिपिइ ६५ स्थान दिएको छ। कोरना भाइरसको उपचारमा खटिने चिकित्सक र नर्सका लागि पिपिइ दिएको हो।

प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित कार्यक्रममा बैकका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्यालले प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीलाई पिपिइ हस्तान्तरण गरे। कार्यक्रममा सिइओ पौड्यालले मुलुकमा आइपरेको कठिन परिस्थितीमा समेत प्रहरीले निभाएको भूमिका सराहनीय रहेको बताउँदै सामाजिक उत्तरदायित्व वहन गर्दै प्रहरी अस्पतालमा खटिने स्वास्थ्यकर्मीका लागि सहयोग गरेको बताए।

‘विश्वलाईनै कोरोना भाइरसको संक्रमणले ठूलो चुनौती थपेको छ। त्यसमा पनि सीमित स्रोत साधनबाट समेत नेपाल प्रहरीले संक्रमण नियन्त्रणका लागि फिल्डमा खटिनेदेखि उपचारसम्म निभाएको भूमिका अतुलनीय छ’ उनले भने, ‘यो कठिन परिस्थितीमा काम गरिरहनुभएका तमाम प्रहरी संगठनलाई हौसला प्रदान गर्न सानो सहयोग हामीले गरेका हौं।’

पौड्यालले कठिन परिस्थितीमा समेत आफ्नो बैंकले समेत सेवा दिइरहेको बताउँदै अहिलेको चुनौतीपूर्ण अवस्था पार पाउन सबैको सहयोग आवश्यक रहेको समेत बताए। कार्यक्रममा प्रहरी महानिरीक्षक ज्ञवालीले बैंकले दिएको सहयोगले अस्पतालका स्वास्थ्यकर्मीलाई समेत सुरक्षामा सहयोग पुग्ने बताए।