आधा सिलिण्डर ग्यासको मुल्य कति पर्छ? पाँच जिल्लामा ६७० रुपैयाँ, काठमाडौंमा अलिक बढि

बिजमाण्डू
२०७६ चैत्र १४ गते १३:५८ | Mar 27, 2020
आधा सिलिण्डर ग्यासको मुल्य कति पर्छ? पाँच जिल्लामा ६७० रुपैयाँ, काठमाडौंमा अलिक बढि


काठमाडौं। अभाव हटाउन आधा सिलिण्डर ग्यास बजारमा उपलब्ध गराइने भएपछि आयल निगमले मुल्य समायोजन गरेको छ। 

Tata
GBIME
Nepal Life

निगमले शुक्रबारदेखि लागु हुने गरि आधा सिलिण्डर एलपी ग्यासको खुद्रा मुल्य समायोजन गरेको हो। दाङ, बाँके, बर्दिया, कैलाली र कंचनपुर जिल्लामा ६७० रुपैया तिर्नुपर्ने छ। 

अन्य तराइ क्षेत्रमा ६७७ रुपैया ५० पैसा, तराइ क्षेत्र बाहेक काठमाडौं लगायतका अन्य स्थानमा ६८७ रुपैया ५० पैसा तिर्नु पर्ने छ।

एक सिलिण्डरमा १४.२ किलो ग्यास हुन्छ। आधा सिलिण्डरमा ७.१ केजी ग्यास हुनेछ। बिहीबार नै आयल निगमले ग्यास उद्योगलाई आधा सिलिण्डर भरेर विक्री वितरण गर्न निर्देशन दिइसकेको छ। 

नाकाबन्दीको समयमा पनि निगमले आधा सिलिण्डर ग्यास वितरण गरेर सहज बनाउने प्रयास गरेको थियो। भारतबाट आयात गरिने परिमाण बढाएर विक्रि गर्दा पनि सहज बनाउन नसकेपछि आधा सिलिण्डर ग्यास विक्रि  वितरण गर्न लागिएको हो।