नियमित ब्याजको किस्ता तिर्नेलाई आरबीआइको राहत प्याकेज, ब्याज दरमा ०.७५% को कटौती

बिजमाण्डू
२०७६ चैत्र १४ गते ११:४८ | Mar 27, 2020
नियमित ब्याजको किस्ता तिर्नेलाई आरबीआइको राहत प्याकेज, ब्याज दरमा ०.७५% को कटौती


नयाँदिल्ली। कोरोना भाइरसको महामारीबाट अर्थतन्त्रलाई पर्न सक्ने नोक्सानीबाट जोगाउन भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इण्डिया (आरबीआइ) ले ठूलो निर्णय लिएको छ।

Tata
GBIME
Nepal Life

आरबीआइले ब्याज दरमा ०.७५ प्रतिशत विन्दुले कटौती गरेको छ। यो कटौतीपछि अब रिपो दर घटेर ४.४ प्रतिशतमा आएको छ। ब्याज दर घटाउनुको अर्थ हो, अब बैंकहरुले आरबीआइबाट सस्तोमा पैसा लिएर सस्तोमा ऋण दिन पाउँछन्।

अब भारतीय बैंकले आफ्नो ग्राहकलाई सस्तोमा ऋण दिने छन। दिइसकेको ऋणको ब्याज पनि घट्ने छ। ग्राहकले इएमआइ कम तिर्नुपर्ने भएपछि उनीहरुलाई ठूलो राहत मिल्ने छ।

जुन दरमा आरबीआइले बैंकहरुलाई ऋण दिन्छ त्यसलाई रिपो दर भनिन्छ। हिजोमात्र भारतीय अर्थमन्त्री निर्मला सीतारमणले गरिबका लागि भनेर राहत प्याकेज ल्याएकी थिइन।