सेयर किन्नु भएको छैन? तैपनि तपाईँलाई असर गर्छ कोरोनाका कारण झरिरहेको बजारले

बिजमाण्डू
२०७६ चैत्र १४ गते ११:२८ | Mar 27, 2020
सेयर किन्नु भएको छैन? तैपनि तपाईँलाई असर गर्छ कोरोनाका कारण झरिरहेको बजारले


बितेका केही साता अन्तर्राष्ट्रिय सेयर बजारका लागि निकै तनावपूर्ण रह्यो । विशेषज्ञहरूले यसलाई मन्दीको ठूलो संकट आगमनको संकेत भएको बताएका छन्।

Tata
GBIME
Nepal Life

तर तपाइँ त व्यापारी होइन, सर्वसाधारण हो, जसलाई यस्तो स्थितिमा 'बजार' र 'सेयर' को के मतलब ? पनि भन्नुहोला । जुन परिस्थितिमा सेयर बजार गुज्रिरहेको छ, यसबाट तपाइँ हामी सबै प्रभावित हुनेछौं, यो कसरी भन्ने थाहा पाउनुस् –

मैले कहिल्यै सेयर किनेको छैन, मलाइ किन चिन्ता ?
तपाइँलाई लाग्न सक्छ, न आफूसँग सेयर छ न सेयर बजारमा लगानी, त्यसैले स्टक मार्केटमा आइरहेको तनावपूर्ण अवस्थाबाट म कसरी प्रभावित हुने हो र !

तर पेन्सन पाउने लाखौंले आफ्नो पैसा पेन्सनका आकर्षक योजनामा लगाएका छन्। उनीहरूको लगानीको मूल्य के कस्तो हुने भन्ने अहिलेको समयमा पूरै स्टक मार्केटका गतिविधिमा निर्भर छ। सेयरको भाउमा आउने गिरावट पेन्सन सुविधा पाउनेहरूका लागि नराम्रो खबर हुन सक्छ ।

यदि तपाइँले पेन्सन योजनामा लगानी गर्नु भएको छैन भने पनि सम्भव छ, स्टक मार्केटमा आइरहेको फेरबदलको असरले जसरी विश्वको अर्थ व्यवस्थामा पार्छ, त्यसले सबैको आर्थिक कारोबारलाई पक्का प्रभावित पार्छ। 

कुनै पनि कम्पनीको वित्तीय स्वास्थ्य उसको सेयरको भाउमा निर्भर रहन्छ। जसको सेयरको मूल्य धेरै हुन्छ, त्यो कम्पनीको भाउ पनि धेरै हुन्छ। 

इन्डेक्सका नाममा एउटा समुहको कुनै देशका ठूला कम्पनीको सूची राखिएका हुन्छन्। जस्तैः यूकेका सबैभन्दा ठूला १०० कम्पनीको सूची एफटीएसइ १०० मा छन् । यो सूचीबाट थाहा हुन्छ देशको अर्थव्यवस्था कस्तो छ ।

तर, स्टक मार्केटसँग मेरो के नाता ? 
सेयरको भाउ जब घट्छ, त्यो बेला देशको अर्थ व्यवस्थामा अस्थिरता आउँछ। जुन वित्तीय संकट कोभिड-१९ जस्तो महामारीका बेला हुन सक्छ।  यसको अर्थ यो हो की लगानीकर्ताले कम्पनीहरूका सेयर खरिद गर्ने सम्भावना निकै कम छ। उनीहरूले आफ्नो पैसा बजारबाट झिक्न सक्ने सम्भावना धेरै छ। 

अमेरिकाको कुरा गर्दा पनि उक्त देशले विश्वका सबैजसो बजारलाई प्रभावित पार्छ। गत सोमबार राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसका कारण लगाइएको राष्ट्रव्यापी 'इमर्जेन्सी' का बारेमा भनेका छन्- यो अवस्था गर्मीयामको अन्त्य वा त्यो भन्दा बढी अवधिसम्म पनि लम्बिन सक्छ। 

यसले लगानीकर्ताहरूमा यो संकेत एको छ की आर्थिक गतिविधि कम से कम आगामी चार महिनासम्म सुस्त हुनेछ। यसको सर्वाधिक प्रभाव आपूर्ति व्यवस्थामा परेको छ। यो व्यवस्थामा संसारका सबै बजार जोडिएका छन्।

पश्चिमी देशबाहेक विश्व बजारमा प्रभाव
विश्वमा सबैभन्दा ठूलो उपभोक्ता अमेरिका हो। त्यहाँका जनता घरमै बसेर काम गर्छन् र आफ्मो बाहिरी खर्च घटाउँछन् भने यसको असर बिभिन्न उपभोग्य सामाग्री उत्पादन र सेवा व्यवसाय गर्ने कम्पनीलाई पर्छ।

हुनसक्छ, उपभोक्ता अमेरिकाका छन्, उनीहरूले चलाउने सामान वा लिने सेवाका उत्पादक कम्पनीहरू केही चीन र भारतका छन् । बजारमा आउने मागको कमीको असर अरू देशलाई पर्छ। 

के यसको असर हाम्रो जागिरमा पर्छ ?
एप्पल, नाइक र मापक्रोसफ्ट जस्ता दर्जनौं ठूला कम्पनीले पहिले नै चेतावनी दिएका छन्, महामारीको असर उनीहरूको आम्दानीमा पर्दैछ। यी कम्पनीले भनेका छन्- उत्पादन कटौती र कार्यालय बन्द गर्न सकिनेछ।

सबैलाई थाहा छ, कम्पनीहरू चलाइराख्न खर्च घटाइन्छ, जसको पहिलो कदम कर्मचारीका जागिर जानेछन्। स्थिति अझै बिग्रँदै गए विश्व अर्थ व्यवस्थामा हुने असर उद्योगहरूमा पर्छ। त्यो बेला तपाइँको जागिर जान सक्छ। 

के महिलालाई असर पर्छ ? 
अहिलेसम्म यसको कुनै प्रमाणित तथ्य छैन, महामारीका अवस्थामा आथिक रूपले महिला र पुरुष अलग अलग किसिमले प्रभावित हुन्छन्।  

लण्डनको एउटा स्वतन्त्र थिंक ट्यांक 'ओभरसीज डेभलपमेन्ट इन्स्टिट्युट (ओडीआइ) का अर्थशास्त्री तथा वरिष्ठ शोध अधिकारी शेर्लिन रागस भन्छिन् 'अहिल्यै भनिहाल्नु हतार हुनसक्छ की महिला र पुरुषमा पर्ने असर फरक होला । तर यो जानकारीमा आएको छ की महामारीमा कुन कुन उद्योग प्रभावित हुनेछन् । र, यसको असर लैंगिक र सांस्कृतिक हुँदैछ ।'

उनी भन्छिन् 'इथियोपिया, इटाली या कम्बोडिया जस्ता देशमा जहाँ ठूलो परिमाणमा कपडा उद्योगमा महिला काम गर्छन्, त्यहाँ धेरै असर महिलामै पर्छ।' 

म त विकासशील देशको, मलाइ केको असर ?

विश्व बजारमा आर्थिक मन्दीका बेला मान्छेहरू पैसा कम खर्च गर्छन्, लागनी पनि घट्छ । जसको सीधा असर राष्ट्रिय अर्थ व्यवस्थामा पर्न जान्छ। 

निम्न मध्यम आम्दानी भएका देशलाई यतिबेला क्रमिक बढ्दो बजारका रूपमा हेरिएको छ । यिनका बजारमा लगानी गर्दा जोखिम अधिक हुन्छ नै, सँगै धेरै फाइदा हुने सम्भावना पनि प्रबल रहन्छ। 

रागस भन्छिन् 'उक्सिँदो बजारमा सामान्यतः ब्याजदर धेरै हुन्छ र जब जब विश्व बजार स्थिर हुन्छ, त्यो बेला लगानीकर्ताले राम्रो फाइदा कमाउन सक्छन् ।' तर जब विश्व बजार उथलपुथल हुन्छ, त्यो बेला लगानीकर्ता यस्ता बजारबाट निस्कन चाहन्छन् ।

उनी भन्छिन् 'लगानी घटेको अवस्थामा यस्तो देखिन्छ की देश आर्थिक रूपले मजबुत स्थितिमा छैन र यसले मुद्रा कमजोर हुन थाल्छ । कुनै पनि देशको मुद्रा कमजोर हुनुको अर्थ हो महंगाई बढ्दैछ।' 

विकासशील देशमा पैसा सापटी लिन सामान्य कुरा हो । र, त्यो देशको मुद्रा कमजोर हुनुको अर्थ हो त्यो सापटी फिर्ता गर्नेबेला धेरै संघर्ष गर्नैपर्छ। 

यस्तो बेलामा सरकारले स्वास्थ्य र सामाजिक सेवाको क्षेत्रमा गर्ने खर्च कटौती गर्नुपर्ने हुनसक्छ। 

आयात निर्यातमा असर 
उत्पादन, आयात र निर्यातका क्षेत्रमा आइरहेको मन्दीले बिभिन्न देशलाई फरक फरक प्रकारले प्रभावित पार्छ । कुन देश कति आयात-निर्यातमा निर्भर छ, त्यहीअनुसार प्रभाव पर्छ। 

रागस भन्छिन् 'नाइजेरिया, अंगोला र मंगोलिया जस्ता पेट्रोलियम पदार्थ निर्यात गर्ने देशले निर्यातबाट हुने आम्दानीको घट्नेछ। यसले त्यहाँको मुद्रा कमजोर हुनेछ ।'

ओडीआइका अनुसार अंगोलाले उत्पादन गर्ने तेलमा ६० प्रतिशत चीन निर्यात गर्छ। आयात-निर्यातको संतुलन बिग्रँदा उसलाई ठूलो असर पर्छ। रागस भन्छिन् 'अफ्रिका जस्ता ठाउँमा खाद्य संकट जस्तो अप्रत्याशित समस्या पनि आउन सक्छ । किनभने अरू थुप्रै उत्पादन निर्यात गर्ने अफ्रिका ठूलो परिमाणमा खाद्यान्न आयात गर्छ।' 

अफ्रिका डेभलपमेन्ट बैंकका अनुसार अफ्रिकाले बर्सेनि ३५ अर्ब डलर बराबरको खाद्यान्न आयात गर्ने गरेको छ। 

कोभिड-१९ का कारण सुरू भएको विश्व बजारको मन्दीको स्थितिको असर आपूर्ति व्यवस्थामा पर्छ । जसका कारण आयात महंगिन्छ, निर्यातबाट हुने आम्दानी घट्छ। 

यसले के राम्रो होला ? 
जब लाखौंको संख्यामा मान्छेका जागिर धरापमा पर्छन्, ज्यानको पनि जोखिम छ, यस्तो अवस्थामा कोरोना भाइरसका कारण कसैको भलो पनि हुनेछ ।

लगानीका क्षेत्रबारे विश्लेषण गर्दा सेयरका भाउ घट्छन् । यस्ता बेला किन्न चाहनेलाई राम्रै हुन्छ । सेयर बजार स्थीर होला, परिस्थितिमा सुधार आउला भन्नेले कमाउने बाटो खुल्छ। 

सेयरले त्यही बेला बढी लाभ दिन्छ, जुन बेला त्यसको भाउ घटेको होस् । तर जानकारहरू चेतावनी दिन्छन्-लगानी गर्दा होस पुर्‍याउनै पर्छ । कुनै समयका लागि भाउ घटेको देखेर हामी लगानीका लागि तयार हुन्छौं भने यो पनि सुनिस्चित गर्न जरूरू हुन्छ की आफ्नो सबै पैसा एउटै कम्पनीमा नलगाउँ । साभार