लकडाउनमा रहेको भारतीय शेयर बजारमा कारोबार ओरालो, १५ मिनेटमै ८ लाख करोड भारु गायब

बिजमाण्डू
२०७६ चैत्र १० गते ११:४५ | Mar 23, 2020

Tata
GBIME
Nepal Life

नयाँ दिल्ली। भारतमा कोरोनाको संत्राससँगै लकडाउनका बीच खुलेको शेयर बजारमा निकै ठूलो गिरावट देखिएको छ। बजार खुलेको १५ मिनेट नबित्दै लगानीकर्ताले ८ लाख करोड रुपैयाँ डुबाए।

सेन्सेक्समा २३०७ अंकले गिरावट आयो भने निफ्टी कारोबारको सुरुवातमै ८ प्रतिशतभन्दा तल झर्यो।

बजार खुल्नासाथ १५० वटा शेयरले लोअर सर्किट लाग्यो। यस्तै ३४० शेयरले बिगत ५२ हप्ता यतै न्यूनतम स्तरमा कारोबार गरेको छ। सर्किट लागेपछि रोकिएको बजार केहीबेरपछि खुलेपनि निकै द्रुत गतिमा शेयर मूल्य ओरालो लाग्यो।

सुरुवाती घण्टामै लागेको सर्किटपछि बम्बे स्टक एक्सचेन्जको सेन्सेक्स १० प्रतिशत तल झर्यो। एक महिनामै दोस्रो पटक शेयर बजारको ट्रेडिङ रोकिएको हो।  

यो साता भारतीय शेयर बजारका लागि अत्यन्तै महत्वपूर्ण हुने देखिएको छ। देशका धेरैजसो शहरहरुमा लक८उन छ। ट्रेन बस सार्वजनिक यातायात मेट्रो जस्ता सबै सुविधा बन्द छन्। शेयर बजार पनि अनलाइन नै कारोबार भैरहेको छ।

मार्च महिनामा बिदेशी पोर्टफोलियो लगानीकर्ताहरुका एकलाख करोड भन्दा बढी शेयर तथा बण्ड बजारबाट गुमिसकेको छ। कोरोनाको सन्त्रासका कारण लगानीकर्ताहरु आत्तिएको अवस्था छ।