कोरोना त्रासका बीच खुलेको शेयर बजारमा दोहोरो अंकको गिरावट, १९ करोडको मात्र कारोबार

बिजमाण्डू
२०७६ चैत्र ९ गते १६:३८ | Mar 22, 2020

Tata
GBIME
Nepal Life

काठमाडौं। चौतर्फी दबाबका बीच कारोबार भएको आजको शेयर कारोबार दोहोरो अंकले ओरालो लागको छ  ।

नेपालमा कोरोनाको त्रास फैलिरहेको अवस्थामा सरकारले अत्यावश्यक बाहेक अन्य सेवाहरु चैत २१ गते सम्मका लागि बन्द गर्न आवहान गरिरहँदा धितो पत्र बोर्डले भने आज नेप्से खुला गरेको हो ।

 ५० वटा ब्रोकर मध्ये १५ वटा कम्पनीले मात्र कारोबार गर्दा नेप्सेमा १९ करोड बराबरको मात्र कारोबार भएको छ ।

त्यस्तै, विभिन्न शेयर लगानिकर्ता संघहरुले पनि शेयरबजार अत्यावश्यक भित्र नपर्ने भएकाले आम  लगानिकर्तालाई कारोबार नगर्न आवहान गरेका कारण लगानिकर्ताको बजारमा उत्साह नदेखिएको हो ।

साता पहिलो दिन १८.२१० अंकलले ओरालो लागेको नेप्सेमा १२३ कम्पनीको ४ लाख ८० हजार ५ सय २७ कित्ता शेयर खरिद बिक्री हुँदा १९ करोड ४६ लाख रुपैयाँ बराबरको मात्र कारोबार भएको छ ।

 अधिकांश ब्रोकर कार्यलयहरु बन्द हुदाँ अनलाइन कारोबार गर्ने लगानीकर्ताहरु मार्फत मात्र शेयर खरिद बिक्री भएको देखिन्छ ।

कारोबारका लागि आएका ११ उपसमूह मध्ये होटल, निर्जीवन विमा, र अन्य बाहेकका सबै उप समूह घटेका छन् ।

कारोबार भएका १२३ कम्पनी मध्य नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सबै भन्दा धेरै २ करोड ८१ लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो भने एन एम बी, हिमालयन डिसटिलेरी, एन आइ सि, र नबिल बैंकले पनि १ करोड रुपैयाँँ माथिको कारोबार गरेका छन् ।

१२ सय ६९.३१ को बिन्दुबाट सुरु भएको कारोबार  १२ सय ५१ . ४६ को बिन्दुमा पुगेर बन्द भएको छ ।

आज कारोबारको सुरुवातमा परिसूचक केही अंकले उकालो लागे पनि कारोबार अन्तिम समय सम्म आइपुग्दा भने दोहोरो अंकले ओरालो लागेको हो ।