लुम्बिनी जनरलले हकप्रद शेयर बाँडफाँड गर्यो, शेयर नपरेको रकम चैत ९ गतेबाट फिर्ता हुने

बिजमाण्डू
२०७६ चैत्र ७ गते १४:३६ | Mar 20, 2020

Tata
GBIME
Nepal Life

काठमाडौं। लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले यस अघि बिक्रीमा ल्याएको अवितरित हकप्रद शेयर बाँडफाँड गरेको छ । कम्पनीले शुक्रबार सूचना जारी गर्दै हकप्रद शेयर बाँडफाँड गरी रकम फिर्ता गरेको जानकारी दिएको हो ।

यस अघि कम्पनीले फागुन १४ देखि २१ गतेसम्म ९९ लाख ७ सय २६ कित्ता अवितरित हकप्रद शेयर  शिलबन्दी बोलपत्रमार्फत  बिक्रीमा ल्याएको थियो ।

उक्त शेयर कम्पनीले यही चैत ६ गते बाँडफाँड गरेको जनाएको छ ।

त्यस्तै, लिलाम बढाबढमा नपरेका शेयर बापतको रकम यही चैत ९ गतेबाट फिर्ता गर्ने कम्पनीले जनाएको छ ।

साथै, कम्पनीले आफ्नो खातामा रकम जम्मा भए नभएको यकिन गर्न तथा जम्मा नभए सिविआइएल क्यापिटल लिमिटेड डिल्लीबजारमा सम्पर्क राख्न पनि सर्वसाधारणलाई सूचित गरेको छ ।

कम्पनीको शेयर बाँडफाँडको अन्तिम मूल्य ४ सय ८२ रुपैयाँ रहेको छ ।