ई सेवाले बैंक ट्रान्सफर सेवा निशुल्क बनायो, बैंक खातामा रकम पठाउँदा पैसा नलाग्ने

बिजमाण्डू
२०७६ चैत्र ७ गते १२:३६ | Mar 20, 2020


काठमाडौं। ई-सेवाबाट बैंक खातामा रकम पठाउँदा शुल्क नलाग्ने भएको छ ।

Tata
GBIME
Nepal Life

बिहीबार रातीदेखि अप्रिल ३० सम्मका लागी लागु हुनेगरी बैंकमा रकम ट्रान्सफर गर्दा शुल्क नलाग्ने व्यवस्था ई-सेवाले गरेको हो ।

ई-सेवामार्फत इसेवा खातामै (पि टु पी ट्रान्स्फर ) गर्दा यस अघि नै निशुल्क सेवा रहेकोमा अब बैंक ट्रान्स्फर पनि निशुल्क बनाइएको छ ।

ई-सेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले भने , ‘अहिलेको अवस्थामा बैंकहरुसँगको सहकार्यमा बैंक ट्रान्सफरलाई निशुल्क बनाएका छौँ । यसले ग्राहकलाई थप सहज हुने र सेवा सर्वसुलभ हुने अपेक्षा गरेका छौँ ।

ई-सेवाले ग्राहकका लागी अन्य सहुलियत कार्यक्रम समेत ल्याउने जनाएको छ ।

ई-सेवा मार्फत मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका दुई हजार भन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ ।

ई सेवामा हाल ४९ वटा बैंक तथा वित्तीय संस्था आबद्ध रहेको कम्पनीले जनाएको छ। यी बैंकबाट ई सेवामा सहजै रकम जम्मा गर्न तथा ई सेवाबाट बैंक खातामा रकम पठाउन सकिने कम्पनीको भनाई छ ।