बैंकर्स एडभाइजरी: ‘ब्याक अफिस’का कर्मचारीलाई घरबाटै काम, 'फ्रन्‍ट लाइन'मा काम गर्नेलाई सिफ्ट




काठमाडौं। माथिल्लो तहका कर्मचारीहरु संक्रमित भए बैंक चलाउनै गाह्रो हुन सक्ने भन्दै बैंकर्स संघले सावधानीका लागि सदस्य बैंकरलाई 'एड्भाइजरी' जारी गरेको छ।

कोरोना भाइरसको त्रास बढ्न थालेपछि बैंकर्स संघको आकस्मिक बैठकले 'ब्याक अफिस' का कर्मचारीलाई घरबाटै काम गर्न सुझाब दिएको छ। संघको सुझाब कार्यान्वयनमा आएपछि बैंकका माथिल्ला तहका कर्मचारीले बिदा पाउने छन्। ग्राहकसँग 'डिल' गर्नुपर्ने 'फ्रन्‍ट लाइन' कर्मचारीहरुलाई भने स्यानिटाइजर र मास्क अनिवार्य गरिएको छ।

TaTa
Sanima Bank
Riddisiddi Cement

अबदेखि प्रमुख कार्यकारी अधिकृत, डेपुटी सिइओ, ब्यवस्थापनका अन्य उच्च कर्मचारीहरु एउटै भवनमा बसेर काम गर्न पाउने छैनन्। संघले उच्च तहका कर्मचारी एकै ठाउँमा हुँदा एकै पटक संक्रमित हुन सक्ने भन्दै सावधानीका लागि छुट्टाछुट्टै भवनमा बसेर काम गर्न सुझाब दिएको छ।

ब्याक अफिसमा बस्दा पनि कार्यालय नआइ नहुने कर्मचारीलाई सिफ्टमा काम लगाउन भनिएको छ। अब सबै कर्मचारी ९ देखि ५ बजेसम्म आएर काम गर्नु पर्दैन। उनीहरुले सिफ्ट मिलाएर काम गर्ने छन्।

सरकारले २५ जनाभन्दा बढी भेला नहुने निर्देशन दिइसकेको छ। बैंकमा २५ जनाभन्दा बढी कर्मचारी रहेर काम गर्नु पर्ने हुन्छ। त्यही भएर उनीहरुलाई सिफ्टमा काम लगाउन संघले सुझाब दिएको हो।

'तल्लो तहका कर्मचारीहरु संक्रमित भए उनीहरुको रिप्लेसमेन्ट पाइन्छ' एक बैंकरले भने, 'माथिल्लो तहका एकै पटक संक्रमित भएमा बैंकिङ चलाउनै गाह्रो हुन्छ। उस्तै परे बन्द गर्नु पर्ने हुन्छ। त्यही भएर अहिले माथिल्लो तह र ब्याक अफिसका कर्मचारीका लागि विशेष सावधानी अपनाउन लागिएको हो।'

बैंकर संघले आफ्ना सदस्य बैंकरलाई कोरोना संक्रमणका लागि सावधानी अपनाउन सुचित गरिसकेको छ। विहिबार बसेको बैठकले धेरै जना भेला नभइ काम गर्ने निर्णय गरेको छ। बैंकमा २५ जनाभन्दा बढि ग्राहक छिर्नमा रोक लगाउने पनि निर्णय गरेको छ। संघले कार्यालय प्रवेश गर्नुअघि ग्राहकलाई स्यानिटाइजरको अनिवार्य प्रयोग गर्न लगाउने निर्णय पनि गरेको छ।


Share this Story

   

बैंकर्स एडभाइजरी: ‘ब्याक अफिस’का कर्मचारीलाई घरबाटै काम, 'फ्रन्‍ट लाइन'मा काम गर्नेलाई सिफ्ट को लागी १० प्रतिक्रिया(हरु)

बैंकर[ 2020-03-21 11:13:41 ]
यसलाई किरा परोस ।।

   हालसम्म २९ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Indra[ 2020-03-21 06:45:58 ]
Who is this banker that you are quoting? His/her subordinates might like & need to know.

   हालसम्म ३० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


ram[ 2020-03-20 06:26:07 ]
hoina ho talo karmachari lai naganey kun chai
praecha talo estar ko dimag bheko corralla ley key thulo level ra sano level bhanca ra sabai jankari bheya hai
kam garney nai talo level ley ho hoina ra sathi ho

   हालसम्म ३२ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Anonymous[ 2020-03-20 05:46:41 ]
Its logical if you say bank will face huge problem if top level staffs are affected. Not denying that lower level staffs makes less impact than senior level overall. Logic is correct but 'REPLACEMENT payincha' is not a correct idea you have. It is a huge negative statement. Front office employees are the ones representing bank in front of citizens. They are the face of the bank. Does it mean it does not matter if they die? Does it mean they don't have any value at work? Request you to please consider them as an important part of any organization and not treat them as just a mere REPLACEABLE object.

   हालसम्म ३७ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Ram[ 2020-03-20 04:31:01 ]
Staff bhaye bhane bank chalne ho. Yesto aapatkalin abasta ma staff ko bhanda bank ko chinta?Lower level staff lai Mask ra sanitizer anibarye aare..k tesle fully protect garchha bhanne guaranttee chha?Hola salary sabaile aafno yogyeta aanusar khane ho tara security pani post herera hunchha ra? totally brain drain problem in nepal for foresightness. kasto desh ma janma lina pugiyechha...

   हालसम्म २९ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Advisor[ 2020-03-20 04:18:05 ]
Very irresponsible and autocratic mentality statement. How he has reached that position with this mentality. He is not a leader, he is showing his bossy attitude on this intense situation.

   हालसम्म ३० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


anonymous[ 2020-03-20 03:59:25 ]
Lock down bhayo bhane sabai lai bida dinu parxa CEO dekhi messenger samma.

   हालसम्म ३५ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Nieraz[ 2020-03-20 03:38:37 ]
Kasto irresponsible kura gareko ho yo. Senior level ko staff re (तल्लो तहका कर्मचारीहरु संक्रमित भए उनीहरुको रिप्लेसमेन्ट पाइन्छ' एक बैंकरले भने, 'माथिल्लो तहका एकै पटक संक्रमित भएमा बैंकिङ चलाउनै गाह्रो हुन्छ।)
Life ko value ta sabaiko equal huncha ni. Kasto irresponsible advise

   हालसम्म ३३ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


manoj bohara[ 2020-03-20 12:52:31 ]
K taalo taha ko karmacharya ko pran ko maya hunaa ra..mathi ko taukey ko matrai pran pyaro..chi chi kasto decision yo...dhikaar xa

   हालसम्म ३३ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


pramesh[ 2020-03-20 12:48:27 ]
K HO YO? TALLO TAHA KA KARMACHARI NABHAYE PANI BANK CHALCHA RA HAJUR?? JIVAN KO MULYA PANI FARAK FARAK HUNE MERO DESH!!! GANIT MA APARIPAKKA BANKER. BHAT KHANE MACHE RAHENA CHA TYO!!

   हालसम्म ४४ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.
Ncell