घट्ने अनुमान बिपरित शुक्रबार सुन तोलाको ५ सय रुपैयाँ बढ्यो, चाँदीमा पनि २० रुपैयाँ बृद्धि

बिजमाण्डू
२०७६ चैत्र ७ गते १२:१० | Mar 20, 2020

Tata
GBIME
Nepal Life

काठमाडौं। शुक्रबार नेपाली बजारमा पहेंलो धातु सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढेको छ।

शुक्रबार सुन तोलाको ७५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसअघि बिहीबार एकै दिन १५ सय रुपैयाँ घटेको सुनको भाउ शुक्रबार भने थोरै बढेको हो।

चाँदीमा पनि तोलाको २० रुपैयाँ बढेको छ। शुक्रबार चाँदी तोलाको सात सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।