अप्टिकल फाइबर परियोजना अनुगमन गर्न परामर्शदाता कम्पनी छान्दै एनटीए, सर्टलिस्ट तयार

बिजमाण्डू
२०७६ चैत्र ५ गते १२:०८ | Mar 18, 2020


नेपाल दूर सञ्चार प्राधिकरणले निर्माण गरिरहेको मध्यपहाडी लोकमार्ग अन्तर्गतको अप्टिकल फाइबर परियोजना अनुगमन तथा अध्ययनका गर्ने कम्पनीको 'सर्टलिष्ट' तयार पारेको छ।

Tata
GBIME
Nepal Life

टेलिकम्यूनिकेसन कन्सल्ट्यान्ट इण्डिया, सिभिल इन्फरमेटिभ सोलुसन प्रालि र स्मार्ट म्यानेजमेन्ट एण्ड रिसर्च प्रालिको जेभीसहित इरानको मोनेन्को इरान कम्पनी र महाकाली मेची टेक्नोलोजी एण्ड सप्लायर्स प्रालिलाई छनोट गरेको  हो।

यो परियोजना अध्ययनका लागि अन्तर्राष्ट्रिय स्तरमा नै आवेदन माग गरिएको थियो। सोही अनुरूप पाँच कम्पनी इच्छुक देखिएका थिए। तर प्राधिकरणले मापदण्ड पूरा गरेका तीन कम्पनी छनोट गरेको हो।

सर्टलिष्टमा परेका कम्पनीहरुले नेपाल टेलिकमले निर्माणको जिम्मा पाएको प्रदेश १, २ र वागमती प्रदेशको अप्टिकल फाइबर निर्माण परियोजनाको अनुगमन तथा अध्यन गर्नेछन्। छनोट भएका कम्पनीबाट प्राधिकरणले आर्थिक र प्राविधिक प्रस्ताव माग गर्नेछ।

उक्त प्रस्ताव अध्ययन गरि कम्पनीको अन्तिम छनोट गरिने प्राधिकरणले जनाएको छ। छनोट भएका कम्पनीले टेलिकमले निर्माण गरिरहेको प्रदेश १, २ र वागमती प्रदेशको अप्टिकल फाइबर निर्माणको अनुगमन तथा प्रयोग हुने उपकरण 'कोर राउटर'को प्रमाणिकरणसमेत गर्नेछन्।  

प्राधिकरणले यो परियोजना निर्माणको लागि ग्रामीण दूर सञ्चार विकास कोषबाट ३ अर्ब १० लाख अनुदानस्वरुप उपलब्ध गराएको छ। टेलिकमले पाएको निर्माण समयावधि आउँदो असारमा सकिदैछ। बिभिन्न कारण देखाउँदै ढिलाई हुँदै आएको यो परियोजनाको काम करिब १० प्रतिशत मात्रै सम्पन्न भएको छ।

देशैभरी उच्च गतिको इन्टरनेट सेवा पुर्‍याउने भन्दै निर्माण थालिएको यो परियोजनाको दोस्रो खण्ड गण्डकी प्रदेश र ५ नम्बर प्रदेशको ठेक्का युनाइटेड टेलिकमले पाएको थियो। समयमा काम नगरेको भन्दै ठेक्का तोडिएको थियो । त्यसपछि युटीएल अदालत पुग्दा यो खण्डको निर्माण अन्योलमा छ।

त्यस्तै  कर्णाली र सुदूर पश्चिम खण्डको ठेक्का स्मार्ट टेलिकमले पाएको थियो। यो खण्डमा पनि आयोजनाको काम ढिलाई भएपछि प्राधिकरणले ठेक्का तोडेर नेपाल टेलिकमलाई नै निर्माण जिम्मा दिएको छ।

यो खण्डमा टेलिकमको प्राविधिक टोलीले स्थलगत अध्ययन गरिरहेको टेलिकमले जनाएको छ।