मर्सिडीज बेन्जको ‘जिएलसी कउप’ भारतमा सार्वजनिक, प्रिमियम गाडीमा यस्तो छ विशेषता

बिजमाण्डू
२०७६ फागुन २० गते १५:४२ | Mar 3, 2020
मर्सिडीज बेन्जको ‘जिएलसी कउप’ भारतमा सार्वजनिक, प्रिमियम गाडीमा यस्तो छ विशेषता


Tata
GBIME
Nepal Life

काठमाडौं। विश्वविख्यात मोटर कम्पनी मर्सिडीज बेन्जले 'जिएलसी कउप' भारतीय बजारमा मंगलबार सार्वजनिक गरेको छ। यो गाडीलाई गत वर्ष कम्पनीले सार्वजनिक गरेको जिएलसी एसयुभीको अपडेटेड भर्सन मानिएको छ।

 
जिएलसी कउपको केही महीनाअघि 'टेस्ट ड्राइभ' गरिएको कम्पनीले जनाएको छ। स्पोर्टी लुक्समा रहेको यो गाडीमा एलइडी हेडल्याम्प, अपडेटेड फ्रन्ट र रियर बम्पर, न्यू रियर डिफ्युजर, फ्रन्ट ग्रिल र एलइडी टेल ल्याम्प लगायतको फिचर जडान गरिएको कम्पनीले जनाएको छ। 
एसयुभीको यो नयाँ मोडल भारतमा दुई भेरियन्ट सार्वजनिक गरिएको हो।

बीएस-६ इन्जिनयुक्त पेट्रोल र डिजेल भेरियन्टका गाडीमा ९जी-ट्रोनिक अटोमेटीक ट्रान्समिसनयुक्त नौवटा स्पिड गियर छन्। अल व्हिल ड्राइभमा आधारित यो गाडीमा फोम्याटीक ट्याग रहेको कम्पनीले जनाएको छ।  पेट्रोल ३०० सिरीजको गाडीमा २.० लिटर इन्जिन र टर्बोचार्ज्ड मोटरसहित चारवटा सिलिण्डर छ। यो गाडीमा २५८ ब्रेकिङ हर्सपावर(बिएचपी) र ३७० न्युटन मिटर(एनएम)को टर्कपावर क्षमता छ।

      
यसैगरी डिजल भेरियन्टको गाडीमा दुई लिटर इन्जिनसहित चार सिलिण्डर डिजल मोटर समावेश गरिएको कम्पनीले जनाएको छ। यो गाडीमा २४५ बिएचपी र ५०० एनएम टर्कपावर क्षमता छ। कम्पनीका अनुसार पेट्रोल भेरियन्टको गाडीले ६.३ सेकेण्डमा चालु हुँदा प्रतिघण्टा अधिकतम १०० किमि गति लिन सक्नेछ भने डिजल भेरियन्टले भने ६.६ सेकेण्डमा इन्जिन चालु हुँदा प्रतिघण्टा अधिकतम १०० किमि गति लिनेछ।

 
यो गाडीमा १२.३ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, एमवियुएक्स (मर्सिडीज बेन्ज युजर एक्पेरियन्स) इन्फोटेन्मेन्ट सिस्टम, भ्वाइस कमाण्ड र ३६० डिग्री क्यामरा लगायतका फङ्सन राखिएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार भारतमा यो गाडीको सुरुवाती मूल्य ६० लाख ६० हजार भारु छ। यसअघि गत वर्ष सार्वजनिक गरिएको जिएलसी एसयुभीको सुरुवाती मूल्य ५३ लाख भारु छ।