जिएमई र इन्टेल एक्सप्रेसबीच रेमिट्यान्स सम्झौता, ५० देशबाट नेपालमा पैसा पठाउन सहज

बिजमाण्डू
२०७६ फागुन १२ गते १७:४६ | Feb 24, 2020
जिएमई र इन्टेल एक्सप्रेसबीच रेमिट्यान्स सम्झौता, ५० देशबाट नेपालमा पैसा पठाउन सहज


Tata
GBIME
Nepal Life

काठमाडौं। विश्वका ५० भन्दा बढी देशबाट रेमिट्यान्स सेवा प्रदान गर्दै आएको जिएससी एमएफआई इन्टेल एक्सप्रेसबाट आएको रकम नेपालमा जिएमई रेमिटमार्फत वितरण गर्न दुई कम्पनीबीच सम्झौता भएको छ।

सम्झौतापत्रमा जिएमइ रेमिटबाट प्रबन्ध निर्देशक दिवाकर पौडेल र इन्टेल एक्सप्रेसका तर्फबाट प्रमुख निर्देशक डेभिड टाभरकिलाडेजले हस्ताक्षर गरेका छन् ।

सम्झौतापछि  इन्टेल एक्सप्रेसको सञ्जालमार्फत नेपाल आउने रकम जिएमई रेमिटको आठ हजारभन्दा बढी एजेन्टमार्फत भुक्तानी लिन सकिने कम्पनीले जारी प्रेस विज्ञप्तिमा छ। हाल जिएमइले दक्षिण कोरिया, अमेरिका, युके, मलेसिया र जापानसँगै खाडीका मुलुकहरूबाट रेमिट्यान्स भित्र्याउँदै आएको छ ।