युनाइटेड फाइनान्स २५ औं वर्षमा, ल्यायो ‘सिल्भर जुब्ली’ बचत खाता

बिजमाण्डू
२०७६ फागुन ११ गते १५:११ | Feb 23, 2020

Tata
GBIME
Nepal Life

काठमाडौं। युनाइटेड फाइनान्सले २५औं वार्षिकोत्सवमा अवसरमा 'सिल्भर जुब्ली' बचत खाता तथा सहुलियत कृषि कर्जा योजना ल्याएको छ।

एक घर एक खाता अभियानलाई निरन्तरता दिँदै यो योजना ल्याएको कम्पनीले जनाएको छ। कम्पनीले घरघरमा पुगेर अभियान संचालन गरेको जनाएको छ।

नेपालको प्रतिष्ठित घरानाबाट प्रवर्द्धित पुरानो कम्पनीले हालै मात्रै मुत्तुट फाइनान्ससँग समेत रणनीतिक साझेदार गरेको छ। कम्पनीको २३ वटा शाखा छ।